site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पटवाललाई पहिलो गासमै ढुङ्गा ! हारको पीडाबाट उठ्नैपर्छ नेपाली क्रिकेट
SkywellSkywell

काठमाडौं । लामो समयदेखि नेपाली क्रिकेटको विकासका लागि विदेशी प्रशिक्षक हुनुपर्ने माग खेलाडी र खेलप्रेमीले गर्दै आएका थिए । एकदिवसीय मान्यतापछि नेपाली क्रिकेटले नयाँ फड्को मार्ने र एसोसिएट राष्ट्रको बलियो टोली बन्दै विश्व क्रिकेटमा आफ्नो उपस्थिति बलियो बनाउने धेरैको अपेक्षा थियो । एसोसिएट राष्ट्रमा सबैभन्दा बढी ‘फ्यान फलोइङ’ भएको देश हो नेपाल । त्यही अपेक्षाका बीचमा नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक बने भारतीय उमेश पटवाल । आईसीसीले पटवाललाई एक वर्षका लागि नेपाली टोलीको प्रशिक्षकमा नियुक्त गरेको थियो । नेपाली टोलीको नेतृत्व गरेपछि पटवालले आउँदो टि–ट्वान्टी विश्वकपमा नेपाललाई पुर्याउनु आफ्नो पहिलो मिसन भएको बताएका थिए ।

कुनै पनि प्रशिक्षकलाई टोली सम्हालेपछि सुरुवात शानदार होस् भन्ने चाहना हुन्छ । तर, यसअघि अफगानिस्तानको ब्याटिङ प्रशिक्षक रहेर नेपाली टोली सम्हाल्न आएका पटवालको पहिलो इन्ट्री नै हारबाट भयो । टि–ट्वान्टी विश्वकपका लागि आईसीसी एसिया फाइनलको पहिलो खेलमा नेपाल कतारसँग हार्न पुग्यो । पहिलो खेलमात्रै गुमाएन, विश्वकपको लागि महत्वपूर्ण खुट्किलो मानिएको ग्लोबल छनोटमा समेत नेपाल पुग्न सकेन । निकै अपेक्षा गरिएका प्रशिक्षक पटवाललाई पहिलो गाँसमै ढुङ्गा लाग्यो । विश्वकपमा पुग्ने सपना समाप्त भएपछि खेलाडीसँगै खेलप्रेमी पनि निरास भए ।

पहिलो गाँसमै ढुङ्गा

KFC Island Ad
NIC Asia

भारतीय प्रशिक्षक उमेश पटवालको नयाँ रणनीतिसहित टि–ट्वान्टी विश्वकपको सपना बोकेर सिंगापुर पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ । ग्लोबल क्वालिफायर अर्थात् विश्वकप अन्तिम चरणको छनोट अवसर सिंगापुरलाई सुम्पिँदै नेपाली टोली स्वदेश फर्किएको हो । नयाँ प्रशिक्षक पटवालले जिम्मेवारी सम्हालेको एक महिना नपुग्दै विश्वकपको सपनासहित विदेश भ्रमणमा गएको नेपाल कुनै पक्षमा पनि अब्बल सावित हुन सकेन ।

नेपालको पुरानै रोग (ब्याटिङ समस्या) दोहोरिँदा बलियो मानिएको बलिङको जादू पनि चलेन । छनोटमा नेपाललाई बलियो दाबेदार मानिएको थियो । तर पहिलो खेलमै कतारसँग हारेपछि नेपाली टोलीको कमजोर ब्याटिङ छताछुल्ल भयो । बलिङका लागि सिंगापुरसँगको खेलले नेपाल कमजोर अवस्थामा रहेको प्रमाणित गर्यो । यसले पटवाललाई थप चुनौती छ, नेपाली खेलाडीको ब्याटिङ निखार्ने ।

Royal Enfield Island Ad

खेलाडीले पाएनन् ‘एक्सपोजर’

नेपाली खेलाडीले वर्षमा कति अन्तरराष्ट्रिय खेलको अवसर पाएका छन् ? कति घरेलु प्रतियोगिता खेलेका छन् ? अन्तरराष्ट्रिय एक्सपोजर कति पाएका छन् ? क्रिकेटमा मान्यताले मात्रै पुग्दैन, त्यसका लागि कति खेल खेल्यौं, अन्तरराष्ट्रिय स्तरमा हाम्रो सहभागिता कतिको भयो ? यस्ता कुराले खेलाडीको प्रदर्शन र विश्वासमा ठूलो अर्थ राख्छ । एकदिवसीय क्रिकेटको मान्यतापछि नेपालले २ मात्र अन्तरराष्ट्रिय सिरिजमा सहभागिता जनाएको छ ।  जसमा दुई एकदिवसीय सिरिज र दुई टि–ट्वान्टी सिरिज छन् । दुई अन्तरराष्ट्रिय सिरिजले मात्रै नेपाली क्रिकेटको क्षमता निराखिन सक्दैन ।

अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान) ३ वर्षदेखि निलम्बनमा छ । क्यान निलम्बनमा परेपछि घरेलु संरचना ठप्प छन् । निजी क्षेत्रबाट टि–ट्वान्टी फर्म्याटका प्रतियोगिता भएपनि सरकारी तहबाट प्रभावकारी कार्यक्रम आएका छैनन् । अन्तरराष्ट्रिय मैदान भनिएको मूलपानीले कहिले पूर्णता पाउँछ, टुङ्गो छैन । वर्षमा एकपटक आयोजना गरिने प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटले पनि ठूलो छलाङ मार्ने अवस्था छैन । क्रिकेटको विकास गर्ने र उदीयमान खेलाडीलाई अगाडि बढाउने हो भने घरेलु संरचना बलियो बन्न जरुरी छ । एकदिवसीय मात्रै होइन, तीन दिवसीय, दुई दिवसीय खेल हुन पनि जरुरी छ । क्यान नभएको अवस्थामा सरकार नै यसका लागि अग्रसर हुन जरुरी छ ।

टोलीमा पुरानैको वर्चश्व

घरेलु लिग नहुँदा ६–७ वर्षदेखि टोलीमा पुरानै अनुहार छन् । केही नयाँ खेलाडीले अवसर पाएपनि कैयौं प्रतिभाको पहिचान हुन सकेको छैन । क्षमता देखाउने अवसर नपाउँदा उनीहरु सामान्य घरेलु खेलमा सीमित छन् । एक प्रतियोगितामा अवसर पाए पनि नसक्दा अर्को खेलका लागि त्यो खेलाडीलाई अवसर छैन । यो अवस्थामा कमजोर को ? खेलाडी या प्रतियोगिता नहुनु । त्यहि दूरावस्थामा नेपाली क्रिकेट रुमलिरहेको छ । अन्तरराष्ट्रिय मान्यता समेत नपाइसकेको त्रिवि क्रिकेट मैदानको अभ्यासले ठूला लक्ष्य देख्ने नेपाली क्रिकेट खेलाडी आफ्नै बुलबुताले यहाँसम्म पुगेको भुल्न नहुने क्रिकेट विश्लेषकहरु बताउँछन् ।

हारको पीडाबाट उठ्नैपर्छ

त्यसो त कुनै एक सिरिजलाई मात्रै सबै कुराको आधार मान्न न्याय हुँदैन । तर हारलाई नजरअन्दाज गर्ने हो भने अर्को जितको तयारी हुन सक्दैन । सिंगापुरको हारपछि प्रशिक्षक र कप्तानले हारबाट सिक्ने बतारहँदा घरेलु संरचनाको तिव्र विकास हुन जरुरी छ । खेलाडीले ‘एक्सपोजर’ पाउन जरुरी छ ।

तत्कालीन अवस्थामा तीन–चार महिना नेपालले कुनै देशसँग अन्तरराष्ट्रिय खेल्ने तालिका देखिँदैन । यस्तोमा प्रशिक्षक र खेलाडीलाई आफ्नो कमजोरी चिन्ने र त्यसलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ । यसअघि बलिङ बलियो मानिएको नेपाली टोलीले यसपालिको प्रदर्शन हेर्ने हो भने बलिङ र ब्याटिङ दुवै नराम्रो भयो । कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लको प्रदर्शनबाहेक अरुको प्रदर्शन सम्झनलायक रहेन ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६  १४:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro