site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बार्सिलोनालाई डर्टमन्डको चुनौती, प्रशिक्षकमा दुई पूर्वसहकर्मी आमनेसामने

काठमाडौं । स्पेनिस ला लिगा लिडर बार्सिलोनाले आज जर्मन बुन्डेसलिगाको टिम बोरुसिया डर्टमन्डविरुद्ध आज यूईएफए च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा प्रतिस्पर्धा गर्दै छ । जारी सिजन च्याम्पियन्स लिगमा यी दुई टिमबीचको यो दोस्रो भेट हो । यसअघि, लिग चरणमा दोस्रो स्थान हासिल गरेको क्याटालन टोली बार्सिलोनाले जर्मन क्लबविरुद्ध ३–२ को जित निकालेको थियो । 

च्याम्पियन्स लिगको इतिहास हेर्ने हो भने पछिल्लो पाँच खेलमा बार्सिलोनाविरुद्ध डर्टमन्ड जितविहीन छ । यी पाँच खेलमा बार्सिलोनाले डर्टमन्डलाई तीन पटक हराउँदा दुई खेल बराबरीमा समाप्त भएको थियो । जसमा स्पेनिस क्लबले नौ गोल गर्दा चार गोल बेहोरेको तथ्यांक छ ।

रोमाञ्चक तथ्य के भने बार्सिलोना (हेन्सी फ्लिक) र बोरुसियाका प्रशिक्षक (निको कोभाक) दुवैले कुनै समय बायर्न म्युनिखमा एकसाथ सहकार्य गरेका थिए । सन् २०१८–१९ सिजन फ्लिकले कोभाक बायर्नको मुख्य प्रशिक्षक हुँदा सहायक प्रशिक्षकको रूपमा काम गरेका थिए । उनै कोभाच गएको जनवरीदेखि डर्टमन्डको जिम्मेवारीमा आएका हुन् ।

खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा फ्लिकले पूर्वसहकर्मीको क्लबस्थित र आक्रामक फुटबल खेल्ने टिम भएको बताए ।

“डर्टमन्ड निकै स्थित र आक्रामक फुटबल खेल्ने टिम हो । तर, हामीले च्याम्पिन्स लिगको होम र अवे दुवैमा राम्रो प्रदर्शन गरिरहेका छौँ । उनीहरू रक्षात्मकरूपमा निकै बलियो छन् । उनीहरूको टिमबाट केही खेलाडी चोटका कारण बाहिर छन् । तर, अनुपस्थित खेलाडीको स्थानमा उनीहरूसँग अरू राम्रा खेलाडीहरू छन्,” फ्लिकले भने ।

यता, डटर्मन्डका प्रशिक्षक कोभाकले बार्सिलोनाको आक्रमण क्षमताबारे आफूहरू सजग रहेको बताए । उनले बार्सिलोना बलियो देखिए पनि आफ्नो टोली गत सिजनको उपविजेता भएको जनाए । 

“हामीले एकअर्कालाई राम्रोसँग बुझेका छौँ । हामीलाई दुवैको फुटबललाई हेर्ने नजरबारे पनि राम्रो जानकारी छ । हामी बार्सिलोनाका फरवार्डको क्षमताबारे सजग छौँ र हामीले राम्रोसँग रक्षात्मक भूमिका निभाउन आवश्यक छ,” प्रशिक्षक कोभाकले भने, “हामी उनीहरूको कमजोरीको फाइदा उठाउँदै खेल जित्ने प्रयास गर्नेछौँ । मलाई लाग्छ भोलिको खेलमा बार्सिलोना प्रवल दाबेदार हो । तर, डर्टमन्डले गत सिजन फाइनल खेलेको कुरा भुल्न हुँदैन । फुटबलमा हरेक कुरा सम्भव छ ।”

बार्सिलोनाको मैदान स्टाडियो ओलिम्पिधक लुईस कोम्पनिजमा हुने यो खेल नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १४:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro