site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विजयको निर्णायक गोलमा ब्रिगेडको जित
Tiktok banner adTiktok banner ad

काठमाडौं । विजय उर्नको निर्णायक गोलमा सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लबले श्री टुसाल युवा क्लबलाई पराजित गरेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न दोस्रो खेलमा ब्रिगेडले श्री टुसाललाई १–० ले पराजित गरेको हो ।

खेलमा विजयले गरेको एक गोल नै ब्रिगेडलाई जित्न निर्णायक बन्यो । उनले ८७औँ मिनेटमा गोल गर्दै टोलीको जित पक्का गरे ।

जितसँगै ब्रिगेडले दोस्रो जित हात पार्दै तीन अंक जोडेको छ । ब्रिगेडले दुई बराबरी, एक हार र दुई जितका साथ पाँच खेलमा कुल आठ अंक बनाएको छ । यसअघि उसले श्री कुमारी क्लबविरुद्ध २–१ को जित निकालेको थियो ।

पराजित टुसाले भने पहिलो हार व्यहोर्दै तीन बराबरी, एक जित र एक हारसहित पाँच खेलबाट कुल ६ अंक बनाएको छ ।
 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro