site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आरसिटीविरुद्ध झापाको कठिन जित

काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिगमा झापा फुटबल क्लबले अन्नपूर्ण आरसिटी क्लबविरुद्ध कठिन जित निकालेको छ । बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न पहिलो खेलमा झापाले आरसिटीविरुद्ध २–१ को कठिन जित निकालेको हो ।

झापाको जितमा प्रदीप बुढाथोकी र मनीष लिम्बूले गोल गरेका थिए । आरसिटीका लागि प्रज्वल गुरुङले एक गोल फर्काए पनि टोलीको पराजय टार्न सकेनन् ।

२०औँ मिनेटमा प्रदीपले पेनाल्टी अवसरमा गोल गर्दै झापालाई अग्रता दिलाए । ४२औँ मिनेटमा मनीष लिम्बूले गोल गर्दै अग्रता दोब्बर बनाए । ५५औँ मिनेटमा आरसिटीका प्रज्वल गुरुङले एक गोल फर्काए ।

जितसँगै बी डिभिजनमा नवप्रवेशी टोली झापाले दोस्रो जित निकालेको छ ।  झापाले पाँच खेलमा दुई जित, दुई हार र एक बराबरीसँगै कुल सात अंक बनाएको छ । यसअघि उसले सरस्वती युथ क्लबलाई २–० ले पराजित गरेको थियो ।

पराजित आरसिटी भने तेस्रो हार व्यहोर्दै एक जित र एक बराबरीसहित चार अंकमा सीमित भएको छ ।
 

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro