site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कहाँ पुग्यो नौजना न्यायाधीशमाथिको छानबिन ? 
SkywellSkywell

काठमाडौं । न्यायिक विचलनको अभियोगमा न्यायपरिषद्ले काजमा तानेका नौ जना न्यायाधीशका बारेमा निर्णय हुन अझै केही समय लाग्ने भएको छ । उनीहरुका बारेमा छानबिन गर्न गठित समितिले गत जेठ २९ गते न्यायपरिषद्लाई प्रतिवेदन बुझाइसकेको छ । तर, सो प्रतिवेदनबारे न्यायपरिषद्मा छलफल भने अघि नबढेको न्याय परिषदका प्रवक्ता मानबहादुर कार्कीले बताए । अनुसन्धान प्रक्रिया जारी रहेकाले अन्तिम निर्णय हुन केही समय लाग्ने परिषद्ले जनाएको छ । 

“छानबिन समितिले प्रतिवेदन परिषद्मा बुझाइसकेको छ,” प्रवक्ता कार्कीले भने, “परिषद्को अब बस्ने बैठकमा त्यसबारे छलफल हुन्छ ।” परिषद्को बैठक कहिले बस्छ भन्नेबारे भने तय भइसकेको छैन । 

न्याय सम्पादनका क्रममा शंकाको घेरामा तानिएका ११ मध्ये दुईजना न्यायाधीशका बारेमा भने न्याय परिषद्ले टुंगो लगाइसकेको छ । जिल्ला अदालत ललितपुरका न्यायाधीश विश्वमङ्गल आत्रेयलाई सेवाबाट बर्खास्त गर्ने र तनहुँका न्यायाधीश ओमकार उपाध्यायमाथि नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा चलाउने निर्णय भइसकेको प्रवक्ता कार्कीले बताए ।

KFC Island Ad
NIC Asia

उनका अनुसार आत्रेय र उपाध्यायमाथिको अभियोगमा अध्ययन गर्न सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । सो समितिले दिएको रिपोर्टका आधारमा उनीहरुका बारेमा परिषद्ले निर्णय गरिसकेको छ । 

आठजना न्यायाधीशबारेको विस्तृत जाँचबुझ प्रतिवेदन परिषदमा  

Royal Enfield Island Ad

विराटनगर उच्च अदालतका आठजना न्यायाधीश ३३ किलो सुन तस्करी काण्डसँगको मुद्दामा भएको आदेशपछि अनुसन्धानको घेरामा तानिएका हुन् । मोरङ जिल्ला अदालतको थुनछेक आदेश उच्च अदालत विराटनगरले उल्ट्याइदिएपछि न्यायाधीशहरु शंकाको घेरामा परेका थिए ।

सुन तस्करी मुद्दामा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेल, न्यायाधीशहरू नागेन्द्रलाभ कर्ण, सारंगा सुवेदी, थिरबहादुर कार्की, उमेशकुमार सिंह, उमेशराज पौडेल, जनक पाण्डे र साधुराम सापकोटा अनुसन्धानमा तानिएका छन् । उनीहरुमाथि प्रारम्भिक छानबिनका लागि सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको संयोजकत्वमा समिति गठन गरेको थियो । 

सो समितिले ३३ किलो सुन तस्करी प्रकरणमा जोडिएर अनुसन्धानमा तानिएका आठजना न्यायाधीशका सम्बन्धमा बुझाएको प्रतिवेदनमा विस्तृत छानबिन गर्नुपर्ने ठहर गरेको थियो ।

त्यसैका आधारमा परिषद्ले विस्तृत जाँचबुझका लागि सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसेको संयोजकत्वमा न्यायाधीहरु मीरा खड्का र विश्वम्भरप्रसाद श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय छानबिन समिति बनाएको थियो । सो समितिले विस्तृत जाँचबुझ प्रतिवेदन गत जेठ २९ गते परिषद्मा बुझाइसकेको प्रवक्ता कार्कीले जानकारी दिए । 

बानियाँको बारेमा अब बस्ने बैठकबाट निर्णय

घुस प्रकरणमा जोडिएका जिल्ला अदालत काठमाडौँका न्यायाधीश बाबुकाजी बानियाँबारे न्यायपरिषद्ले निर्णय गर्ने तयारी गरेको छ अख्तियारले घुससहित पक्राउ गरेका काठमाडौँ जिल्ला अदालतमा कार्यरत नायव सुब्बा भोलानाथ चालिसको बयानका आधारमा बानियाँ अनुसन्धानको दायरामा तानिएका हुन् । बानियाँमाथिको अभियोगबारे छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले न्यायपरिषद्मा प्रतिवेदन बुझाइसकेको छ । परिषद्का प्रवक्ता कार्कीले भने, “न्यायाधीश बानियाँबारे समितिले परिषद्मा प्रतिवेदन बुझाइसकेको छ । परिषद्को अब बस्ने बैठकले बानियाँबारे निर्णय गर्छ ।”

तस्बिरः न्याय परिषद्को वेबसाइटबाट 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३, २०७६  ०९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro