site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्लेशा : अहङ्कारको परिणाम
SkywellSkywell

राजनीतिक शक्ति तथा सामाजिक पदप्रतिष्ठाले व्यक्ति कसरी अन्धो हुन्छ र त्यसले व्यक्ति, परिवार र समाजमा कुन तहसम्मको असर पार्छ ? यो प्रश्नको जवाफ खोज्ने हो भने नाटक ‘क्लेशा’ हेरे पुग्छ । ४० वर्ष अगाडि पञ्चायतकालको कथालाई टिपेर निर्माण गरिएको ‘क्लेशा’ले त्यो बेलाको कथामात्रै भन्दैन, अहिलेको राजनीतिक तथा सामाजिक अवस्थालाई पनि देखाउँछ । 

रामायणलाई मुख्य स्रोत बनाएर ऋषि बाल्मिकीको कहानीलाई समसामयिक विषयमा जोडेर तयार पाएिको नाटक ‘क्लेशा’ धार्मिक धागोले नबेरी रामायणको कथालाई पुनरपरिभाषित रुपमा नाटकमा देखाइएको छ । 
तत्कालीन ग्रामीण परिवेश, पात्र र भोगाइ हेर्न तथा बुझ्न नाटक सहयोगी बन्छ । पात्रको यात्राका अज्ञानता, अहङ्कार, मोह, विच्छेद र डरलाई नाटकमा उतारिएको छ । 

प्रधानपञ्चको भाइले गरेको फटाइँ र प्रधानपञ्चको परिवारको सामन्ती सोच र व्यवहारले गाउँलेहरु पहाडबाट तराई झर्दै गरेको दृश्यसँगै नाटक ‘क्लेशा’ सुरु हुन्छ । नाटककी पात्र कान्छी (रुजु शर्मा) लाई प्रधानपञ्च देवदत्त (प्रतीक मरहट्टा)को भाइ अनुज (सुदिप खतिवडा)ले दुई जिउकी बनाउँछ ।  आफूसँग प्रेममा रहेको अनुजले आफूसँग विवाह पनि गर्ने कान्छीको विश्वास त्यतिबेला ढल्छ, जतिबेला अनुजले प्रेम र विवाह फरक भएको बताउँछन् । त्यसपछि देवदत्तकी श्रीमती भूमि (सुरक्षा पन्त)लाई कान्छीका दाजु रुद्र (कुशल पाण्डे)ले अपहरण गरेर आफ्नो घरमा ल्याएर बन्धक बनाउँछन् । 

KFC Island Ad
NIC Asia

श्रीमती अपहरणमा परेपछि फर्काउन देवदत्त र उसको भाइले गरेको प्रयास र रुद्रले गर्ने प्रतिकारको सेरोफेरोमा नाटक र नाटकका पात्र घुम्छन् । 

नाटकले पञ्चायतमा शासकले कसरी आम नागरिकलाई कज्याएर राख्थे र उनीहरु नै गरिब जनताका छोरीचेलीमाथि आँखा लगाएर अलपत्र पार्थे भन्ने तात्कालिक परिवेश र प्रवृत्ति झल्काउँछ । 

Royal Enfield Island Ad

शत्रुता कसरी मित्रतामा परिणत हुनसक्छ ? ‘क्लेशा’ले जवाफ दिएको छ । पितृसत्तात्मक सोच, सामाजिक बन्धन र स्वतन्त्रतालाई समेटिएको नाटकमा शासकभन्दा उसको वरिपरि घुम्ने व्यक्तिको रबैयालाई चित्रित गरिएको छ । गरिबीको भुङ्ग्रोमा पिल्सिएको व्यक्ति कसरी बोल्न बाध्य हुन्छ ? जान्न ‘क्लेशा’ हेर्नुपर्छ । 

आधा दर्जनभन्दा बढी चलचित्रमा काम गरिसकेकी तर रङ्गमञ्चमा पहिलोपटक उत्रिएकी सुरक्षा पन्त ‘क्लेशा’की नायिका हुन् । उनको अभिनय अब्बल छ । ‘क्लेशा’ उनको डेब्यू नाटक हो भन्ने भेउ दर्शकले पाउँदैनन् ।

नेपथ्यको संगीत, बेलाबेलामा आउने राग र नाटकलाई थप स्पष्ट पार्न गाइने गीतले नाटकलाई थप जीवन्तमात्रै बनाएको छैन, प्राण भर्ने काम गरेको छ । डेब्यू निर्देशनमा विजया कार्की फितलो लाग्दिनन् । नाटकको सुरु सिनदेखि नै केही फरक प्रयोग गर्न रुचाएकी उनले फिल्ममा झैं फ्ल्यासब्याकको प्रयोग गरेकी छिन् । छिनमै हँसाउने र रुवाउने सामर्थ्य उनले ‘क्लेशा’मा देखाएकी छिन् । 

यद्यपि नाटकमा केही कमजोरी भने छन् । भाइका कारण आफ्नो पद र प्रतिष्ठा नै संकटमा पर्न लागेका बेलासमेत प्रधानपञ्च (देवदत्त)को परिवारमा अनुजले गरेको कुकर्मप्रति परिवारमा उसको आलोचना भएको देखाइएको छैन । भाइका कारण आफूले भोग्नुपरेको समस्याको प्रतिबिम्ब देवदत्तको अनुहारमा जति देखिनुपर्ने थियो देखिँदैन र व्यवहारमा पनि । 

सुरक्षा पन्त, कुशल पाण्डे, रुजु शर्मा, प्रतीक मरहठ्ठा, सृजना अधिकारी, सविना थापा, राज खड्का, स्वप्निल घिमिरे, सुदिप खतिवडा, तुफान थापा, अमृत काउचा, जीवनाथ पौडेल र सविन भट्टराईले अभिनय गरेको ‘क्लेशा’ प्रतीक्षा कट्टेलले लेखेकी हुन् । मण्डला थिएटरमा चलिरहेको नाटक असार ८ गतेसम्म मञ्चन हुनेछ । 

तस्बिरः विजय ताम्राकार
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २०, २०७६  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro