site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
समयमै काम पूरा नगर्ने निर्माण व्यवसायीलाई कारबाही, तोकियो लाखौं हर्जना

दाङ । दाङमा काम समयमै पूरा नगर्ने निर्माण कम्पनीहरुलाई सडक डिभिजन कार्यालयले कारबाही गर्दै लाखौं हर्जना तोकेको छ । घोराहीस्थित कटुवा खोलाको पुल निर्माणमा ढिलाई गर्ने काठमाडौंको शंखरमाली निर्माण सेवा प्रालीलाई ३५ लाख र हापुर खोलामा पुल निर्माणमा विलम्ब गर्ने रसुवा कन्स्ट्रक्सन प्रालीलाई ४० लाख हजर्ना तोकिएको छ । 

सडक डिभिजन कार्यालय दाङका ईञ्जिनियर, लिलाबहादुरले भण्डारीले सम्झौता गरेको पाँच वर्षसम्म काम पुरा नगरेको हुँदा उनीहरुलाई हर्जना तोकिएको जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसैगरी घोराही बजारमा सडक विस्ताको जिम्मा लिएर समयमै काम पूरा नगर्ने काठमान्डौंको शंखरमाली कान्छाराम जेभीलाई सडक डिभिजनले ७० लाख हर्जना तोकेको ईञ्जिनियर भण्डारीले जानकारी दिए । 

सम्झौताअनुसार असार मसान्तसम्म पनि काम पूरा नगर्ने अन्य केही निर्माण कम्पनी पनि कारबाही पर्ने निश्चितजस्तै रहेको भण्डारीले जानकारी दिए । पत्रे खोलामा सम्झौता भएको पाँच वर्षको अवधि भइसक्दा समेत पनि पुल निर्माणको काम अपुरै राखेकोले शंखरमाली प्राली कारबाहीमा गरिने ईञ्जिनियर भण्डारीले जानकारी दिए ।

यसैबीच सडक डिभिजनले धमाधम कारबाही गर्न थालेपछि आफूहरु पनि कारबाहीमा पर्ने त्रासले निर्माण व्यवसायीहरुले काममा तीव्रता दिन थालेका छन् ।

सडक डिभिजन कार्यालयका अनुसार हाल दाङमा १३ वटा पुलहरु निर्माणाधिन अवस्थामा छन् । ती पुलहरु निर्माण गर्न ४८ करोड ३५ लाख रकम छुट्याइएको छ । 

निर्माणाधिन पुल र सडक समयमै निर्माण सम्पन्न नहुँदा एकातिर जोखिम बढेको छ भने अर्कोतर्फ ज्यानको बाजी लगाएर यात्रा गर्नुपर्ने बाध्यता सर्वसाधारणलाई छ । निर्माणाधिन सडक र पुल क्षेत्रमा पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६  १८:२२
प्रतिक्रिया दिनुहोस्