
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र लोमस डिजिटल प्रा. लि. बीच विशेष सम्झौता सम्पन्न भएको छ । जसअनुसार सिद्धार्थ बैंकका ग्राहकहरूले ह्वर्लपुल र किचनएड ब्रान्डका उत्पादनहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरूले उत्तरढोका, काठमाडौंस्थित लोमस डिजिटल सोरूममा सिद्धार्थ बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरेर तथा मोबाइल बैंकिङ सेवामार्फत भुक्तानी गर्दा छुट सुविधा लिन सक्नेछन् ।
सिद्धार्थ बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो सहकार्य अघि बढाएको जनाएको छ । बैंकको विश्वास छ कि यस अभियानले ग्राहकहरूलाई नगद कारोबारबाट डिजिटल भुक्तानीतर्फ प्रोत्साहित गर्नेछ र आधुनिक बैंकिङ संस्कृतिको विकासमा मद्दत पुर्याउने बैंकले जनाएको छ ।
साथै, डिजिटल कारोबार प्रवर्द्धन गर्ने क्रममा सिद्धार्थ बैंकले केही समयअगाडि मात्र ‘सिद्धार्थ रिवाड्र्स’ नामक नयाँ लोयल्टी सेवा पनि सुरु गरेको छ । जसअन्तर्गत डिजिटल भुक्तानी गर्दा अंक संकलन गरी विभिन्न सुविधा लिन सकिने व्यवस्था गरिएको छ ।
सोरूममा २० भन्दा बढी प्रकारका उपकरणहरू प्रदर्शनमा राखिएको थियो । कम्पनीका अनुसार उपभोक्ताहरूलाई बिक्रीसँगै उचित परामर्श, प्रयोग विधि, सेवा तथा प्रविधिको जानकारीसमेत दिइने बैंकले जनाएको छ ।