site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ढोलाहिटी- चापागाउँ सडकका खाल्डाखुल्डी पुर्ने सहमति, कालोपत्रे अझै अन्योल 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । ढोलाहिटी-चापागाउँ सडकमा भएका खाल्डाखुल्डी पुर्ने सहमति भएको छ । सडक विभागमा बिहीबार सडक विस्तार आयोजनाका प्रतिनिधि,  स्थानीय र ठेकेदारका कम्पनीका प्रतिनिधिबीच भएको छलफलमा तत्कालको समस्या समाधानका लागि उक्त सडकमा भएका खाल्डाखुल्डी पुर्ने सहमति भएको काठमाडौं उपत्यका सडक विस्तार आयोजना कार्यालयका इन्जिनियर तथा प्रवक्ता विश्व विजय लाल श्रेष्ठले बताए ।

उनका अनुसार हाल उक्त खाल्डाखुल्डी पुर्ने काम चार वर्षअघि उक्त सडक विस्तार र कालोपत्रेको ठेक्का लिएको कन्टेक निर्माण प्रालीले नै गर्ने भएको छ । उक्त सहमतिसँगै खाल्डाखुल्डी पुर्न सुरुगरेसँगै स्थानीय पनि शुक्रबारदेखि बन्द खोल्न तयार भएका हुन् । 

तर, उक्त सडक कालोपत्रेको विषय भने अझै अन्योल छ । उक्त सडक कालोपत्रे कहिले र कसले गर्ने भन्‍ने अझै यकिन हुन सकेको छैन । कालोपत्रेको विषयमा प्रवक्ता श्रेष्ठले भने, " यस विषयमा आगामी दिनमा छलफल हुनेछ । ठेकेदार कम्पनी कन्टेक प्रालीले नै काम गर्न तयार भएमा चाँडै कालोपत्रेको काम सुरु हुन्छ । यदी यसले नमानेमा आगामी हिउँदसम्म कालोपत्रेको काम सुरु हुन्छ ।"

KFC Island Ad
Dabur Nepal
NIC Asia

एक वर्षमा काम सक्ने ठेक्का सम्झौता गरेको कन्टेक निर्माण प्रालीले समयमै काम नसकेपछि सडकमा उड्ने धुलो र वर्षातमा हिलोबाट स्थानीय पीडित बनेपछि शुक्रबार बिहानबाट उक्त सडक स्थानीयले नै अवरोध गर्दै आएका थिए । 

यो पनि,

Royal Enfield Island Ad

ढोलाहिटी-चापागाउँ सडकको विवाद थप पेचिलो बन्दै, प्राधिकरणले जिम्मेवारी पूरा नगरेको जनप्रतिनिधिको आरोप

ढोलाहिटी-चापागाउँ सडकको विवाद थप पेचिलो बन्दै, प्राधिकरणले जिम्मेवारी पूरा नगरेको जनप्रतिनिधिको आरोप

ठेचुका स्थानीयको आक्रोश– प्रचण्डको घरसम्म चार लेन सडक, हामीलाई चाहिँ धूलोमात्रै ?

ढोलाहिटी–चापागाउँ सडकमा स्थानीयको अवरोध जारी, बिरामीको बिजोग

ढोलाहिटी–चापागाउँ–लेले सडकमा स्थानीयको अवरोध जारी, पुरानो रेटमा काम गर्न सकिँदैनः ठेकेदार

चापागाउँ-लेले सडकका स्थानीयले पनि धुलो बढेको भन्दै थाले आन्दोलन

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६  १६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro