site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ढोलाहिटी-चापागाउँ सडकको विवाद थप पेचिलो बन्दै, प्राधिकरणले जिम्मेवारी पूरा नगरेको जनप्रतिनिधिको आरोप
Sarbottam CementSarbottam Cement

काठमाडौं । ढोलाहिटी-चापागाउँ सडकको विवाद थप पेचिलो बन्दै गएको छ । जनप्रतिनिधिले आफ्नो माग सुनुवाई नगरेको भन्दै स्थानीयले मंगलबार सडक विभागको कार्यालयमा घेराउ गरेका थिए । 

विभागले पनि उक्त सडक पिच गर्न आवश्यक पहल नगरेको स्थानीयको गुनासो छ । विस्तार र पिच गर्ने ठेक्का लिएको कन्टेक निर्माण प्रालीले समयमै काम नसकेपछि सडकमा उड्ने धुलो र वर्षातमा हिलोबाट स्थानीय पीडित बनेपछि शुक्रबार बिहानबाट उक्त सडक स्थानीयले अवरोध गर्दै आएका छन् ।

सडक अवरोध भएको ६ दिन बितिसक्दा पनि सडक विभाग, स्थानीय जनप्रतिनिधि र ठेकेदार कम्पनीले स्थानीयको माग सम्बोधन गर्न सकेका छैनन् । आफ्नो माग सरकारी निकाय र ठेकेदार कम्पनीले नसुनेपछि स्थानीय थप आक्रोसित बनेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

मंलबार सडक विभाग घेराउ गर्न पुगेका स्थानीयले यथास्थितिमा ग्राबेल गरेर सडकबाट धुलो र हिलो कम गर्नुपर्ने, हालकै अवस्थामा पिच गर्नुपर्ने र २० मिटरमा विस्तारसहित पिच गर्नुपर्ने माग राखेको सडक विभागका महानिर्देशक केशवप्रसाद शर्माले बताए । 

“सडक प्रभावित स्थानीय सबैको फरक–फरक माग रहेकाले सडकमा तत्काल काम गर्न समस्या देखिएको छ,” विभागका महानिर्देशक शर्माले बाह्रखरीसँग भने, “तत्काललाई सडक सम्याएर गिटी, बालुवा राख्ने निष्कर्षको नजिक पुगेका छौँ । तर साइट क्लियर नगरी काम नगर्ने ठेकेदारको अडानका कारण काम गर्न नसकिएको हो ।”

Global Ime bank

सडक छेउका संरचना हटाएर साइट क्लियर गर्नुपर्ने जिम्मा उपत्यका विकास प्राधिकरणले लिए पनि हालसम्म प्राधिकरणले आफ्नो जिम्मेवारी पूरा नगरेको शर्माले बताए । प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीका अनुसार सडक विस्तारका लागि घर भत्काउनुपर्ने घरधनीलाई ०७२ सालमै मुआब्जा बुझ्न बोलाए पनि नआएपछि घर, टहरा र सडक छेउका संरचना हटाउन नसकेको हो ।

“हामीसँग बजेट भएको बेला स्थानीयहरु घर, जमीनको मुआब्जा लिन आउनु भएन । अब यतिबेला आएर उहाँहरु मुआब्जा चाहियो भन्नुहुन्छ । हामीले त्यो बजेट अन्यत्रै खर्च गरिसक्यौँ । हालको अवस्थामा त्यहाँका सडक पीडितलाई दिने मुआब्जा हामीसँग छैन,” तिवारीले बाह्रखरीसँग भने ।

सडकको धुलो र हिलोबाट पीडित स्थानीयसँग थप छलफल गरेर सडकको काम अघि बढाउन भोलि (बिहीबार) प्राधिकरण, विभाग, ललितपुरबाट विजयी सांसद पम्फा भुसाल र नवराज सिलवालसहितको टोली त्यसतर्फ जाने कार्यक्रम तय भएको तिवारीले बताए ।

स्थानीय जनप्रतिनिधिहरुले उपत्यका विकास प्राधिकरणको आफूहरुको अधिकारक्षेत्र ओगटेर विकास निर्माणका कामको जिम्मेवारी लिने तर पूरा नगर्ने आरोपसमेत प्राधिकरणलाई लगाउँदै आएका छन् ।

आफ्नो स्थानीय तहको सम्पूर्ण विकास बजेट र अधिकार सम्बन्धित पालिकाले नै पाउनुपर्ने माग पनि स्थानीय जनप्रतिनिधिको छ । तर प्राधिकरणले घर, जमीनको मुआब्जा वितरण गर्ने र २० मिटर सडकको साइट क्लियर गर्ने बताउँदै आएको तर जिम्मेवारी पूरा नगरेकाले उक्त सडक विस्तारको काम थप पेचिलो बनेको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बताए ।

सडक विभागको उपत्यका सडक विस्तार आयोजना कार्यालयले ०७२ साल असोजमा ढोलाहिटीदेखि चापागाउँसम्मको सडक २० मिटर चौडाइमा विस्तार र पिच गर्न २३ करोड रुपैयाँमा ठेक्का लगाएको हो । 

कार्यालय र निर्माण कम्पनीबीच एक वर्षमै सडकको सम्पूर्ण काम सम्पन्न गर्ने सहमति भए पनि चार वर्ष बितिसक्दा पनि सडकको काम सम्पन्न हुन सकेको छैन । सडकमा भएका खाल्डा नपुर्दा र सडकमा नाली नभएकाले वर्षातको समयमा सडक प्रयोगमा सवारी साधनलेसमेत जोखिम मोल्दै आएका छन् । स्थानीय व्यवसायी, स्थानीय बासिन्दा, चालक र यातायातसम्बद्ध मजदुरहरुले शुक्रबार बिहानबाट अवरुद्ध पारेको सडकमा अवरोध हालसम्म जारी छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  १४:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC