site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चापागाउँ-लेले सडकका स्थानीयले पनि धुलो बढेको भन्दै थाले आन्दोलन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । काठमाडौंको चाबहिलस्थित बौद्ध-जोरपाटी सडकको आन्दोलन सेलाउन नपाउँदै ललितपुरको चापागाउँमा सडक कालोपत्रे नभएको भन्दै आन्दोलन चर्किन थालेको छ । स्थानीयले दिनभर सडक बन्द गर्नुका साथै धर्ना र प्रदर्शन गरेपछि बौद्ध-जोरपाटी सडक कालोपत्रेको काम भइरहेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार काठमाडौं अब मास्कमाडौं नभएको, धुलोमुक्त र मास्करहित भएको भन्दै संसद्मा सम्बोधन गरेको तेस्रो दिन बिहीबार आन्दोलन गरेका थिए । ठेकेदार कम्पनी र स्थानीयबीच सहमति भएपछि त्यहाँ कालोपत्रेको काम अघि बढेको हो । 

तर, ललितपुरको चापागाउँ सडकको अवस्था पनि उस्तै छ । ललितपुरको ढोलाहिटी-चापागाउँ-लेले सडकको २० मिटरमा विस्तार र कालोपत्रेको काम एक वर्षमा सक्‍ने गरी कन्टेक निर्माण प्रालिले ठेक्का सम्झौता गरेको थियो । तर, ठेक्का लिएको चारवर्ष बितिसक्दा पनि अझै उक्त सडकको काम पूरा हुन सकेको छैन ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

वर्षातमा हिलो र गर्मीमा धुलोले स्थानीयलाई हैरान पार्ने गरेको छ । 

सडक विभागले २३ करोडको ठेक्कामा लगाएको करिब १२ किमि सडक समयमै कालोपत्रे नभएको विरोधमा स्थानीयले शुक्रबारदेखि विरोध प्रदर्शन गर्दै आएका छन् । अहिले सडक विभागका कर्मचारीले ठेकेदार कम्पनी कन्टेक निर्माण प्रालिलाई जहाँ जति स्थान उपलब्ध छ त्यतिमै कालोपत्रे गर्न आग्रह गरेका छन् । 

Royal Enfield Island Ad

तर निर्माण कम्पनीले आफूसँग विभागले २० मिटरको सहमति गरेकाले सहमतिभन्दा धेरै, थोरै काम गर्न नसकिने अडान राखेको छ । आइतबार गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, प्रदेशसभा सासंद चेतनाथ सञ्जेल र विभागअन्तर्गतको उपत्यका सडक विस्तार आयोजना कार्यालयका प्रमुख अर्जुन अर्यालबीच स्थानीयको माग सम्बोधन हुने गरी सडक कालोपत्रे गर्ने सहमति गरेको हो । 

तर, निर्माणको ठेक्का लिएको कन्टेक निर्माण प्रालिले भने जहाँ जति उपलब्ध स्थान छ त्यहाँ सम्झौताविपरीत काम गर्न नसकिने अडान राख्दै आएको छ । “हामी हाम्रो एग्रिमेन्ट नभएको काम गर्न सक्दैनौं,” कम्पनीका कन्ट्रयाक्ट म्यानेजर उद्ववप्रसाद भण्डारीले भने, “विभागले सडकको साइट क्लियर गर्न ढिलाइ गर्नुभन्दा बरु हामीसँगको ठेक्का रद्द गरोस् ।”

जम्मा २३ करोडको ठेक्कामा सम्झौता भएको उक्त सडक निर्माणको पेश्कीबापत कम्पनीले विभागबाट करिब १५ करोड भुक्तानी बुझिसकेको छ । “करिब १५ करोड रुपैयाँ पेश्कीबापत बुझेर अहिले आएर काम गर्दिन भन्न कम्पनीले पाउँदैन । उसले सम्झौता परिमार्जन गरेर भए पनि काम गर्नुपर्छ,” सडक विभागका एक कर्मचारीले भने । 

कनेक्टले हालसम्म प्याङगाउँदेखि चापागाउँ बसपार्कसम्मको १६५ मिटर मात्रै पिच गरेको छ । बाँकी सडकखण्ड विस्तारका लागि छेउका संरचना भत्काएको तर हालसम्म व्यवस्थित नगर्दा स्थानीयबासी र उक्त सडक आवतजावत गर्नेले धुवा र धूलोको हैरानी सहनु परेको छ ।

“दिनभरिको छलफलपछि उपलब्ध स्थानमा कालोपत्रे गरिने निर्णयमा हामी पुग्यौं । स्थानीयको माग उचित क्षतिपूर्तिसहित बाटो कालोपत्रे होस् भन्ने छ, त्यसलाई हामी सम्बोधन गर्छौं,” गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बाह्रखरीसँग भने, “मन्त्रीस्तरबाट सोमबार निर्णय हुने बुझिएको छ ।

मन्त्रालयले लिखित पत्र दिएपछि कन्टेक निर्माण प्रालिले नै काम गर्ने भनेको छ । नयाँ ठेकेदार नियुक्तिका लागि लामो प्रक्रिया कुर्नुपर्ने हुँदा अहिलेकै निर्माण कम्पनीलाई म्याद थपेर काम गर्न हाम्रो रिक्वेस्ट छ । सरकारले स्थानीयको घर, टहरा भत्काउँदा दिनुपर्ने क्षतिपूर्ति दिन आवश्यक ध्यान नदिँदा यो सडक विस्तार र कालोपत्रेमा ढिलाइ भएको हो ।” तस्बिर– दीपक थापा

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६  ०५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro