site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
\'प्रदेश ५ को राजधानी लमही र भालुवाङको बीचमा उपयुक्त\'

दाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरीले ५ नं प्रदेशको स्थायी राजधानी दाङको लमही र भालुवाङकोबीचमा तोक्दा उपयुक्त हुने बताएका छन् ।

नेपाल प्रेस यूनियन दाङले बिहीवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सबैलाई पायक पर्ने स्थान भालुवाङ र लमहीबीच नै हुने दाबी गरे । त्यो भूभाग पूर्वी रुकुमदेखि बर्दियालगायत प्रदेशका १२ वटै जिल्लाकै सेन्टरमा पर्ने हुँदा सहज हुने नेता गिरीको तर्क छ । संघीयताको मर्म विपरित एउटा कुनोमा अस्थायी राजधानी तोकिएको भएपनि अब प्रदेशसभाले तत्काल स्थायी राजधानी तोक्न ढिला गर्न नहुने उनको भनाई थियो । उनले राजधानी तोक्न दुई तिहाई बहुमतको सरकारलाई के कारणले समस्या भएको हो रु भन्ने प्रश्न सोधेका थिए ।

सरकारले केही गर्न सकेन

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

फरक प्रसंगमा केन्द्रीय सदस्य गिरीले केपी ओली नेतृत्वको सरकार पूरै अलमलिएको बताए । पूर्वमन्त्रीसमेत रहेका नेता गिरीले ओली नेतृत्वको सरकारले कुनै कुरा पनि ठिक ढंगले सम्हाल्न नसकेको दोषारोपण गरेका हुन । वर्तमान दुईतिहाई बहुमतको सरकार काण्डै-काण्डले भरिएको उनले बताए । "बालुवाटार काण्ड भन्ने हो कि, वाइड बडी काण्ड, ३३ केजी सुन काण्ड भन्ने कि निर्मला हत्या काण्ड सबै काण्ड काण्डले यो सरकार भरिएको छ," नेता गिरीले भने । सरकारले राष्ट्रले के खोजिरहेको कुरा निर्धारण गर्न नसकेको तथा कसैलाई पनि राम्रोसंग सम्हाल्न नसकेर सरकार अलमलिएको नेता गिरीको तर्क गरे । सरकार प्रेस जगत र न्यायालय समेतलाई कुन्ठित पार्ने गरि अगाडि बढ्न खोजेको भन्दै उनले आपत्ति जनाए ।

निर्माणाधिन सडक प्रदेशमा राख्दा काम अलपत्र

नेता गिरीले अहिलेको सरकारले विकास निर्माणको सवालमा केही गर्न नसकेको दाबी गरे । "हाल जिल्लामा जति विकास भइरहेका छन् ती सबै हामीले ल्याएका योजना हुन त्यो बाहेक अहिलेको सरकारले ल्याएको योजना खै त," प्रश्न गर्दै गिरीले भने, "सरकाले जिल्लाका निर्माणाधिन सडकका योजना प्रदेश मातहतमा राख्दा सबै काम ठप्प भएको छ ।"

उनले नेकपाका महासचिव विष्णु पौडेलले घोराही स्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवल भैरवालमा लैजान खोजको भन्दै कुनैपनि हालतमा दाङको अधिार खोस्न नदिने दृढता व्यक्त गरे ।

अनुमति नपाएको विमानले उडान गर्दै आएको छ

उनले घोराही १० मा निर्माण हुने भनेको अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्न र टरिगाउँ एयरपोर्टलाई स्तरिय एरपोर्टको रुपमा विकास गरेर देखाउन आग्रह गर्दै त्यसमा आफूले सघाउने धारणा राखे । कांग्रेस केन्द्रीय सदस्य गिरीले विश्वमा असुरक्षित रहेको चिनियाँ विमानलाई दाङमा उडान भर्न दिनु गलत भएको बताएका छन् ।

हवाइ उडानबारे हेर्ने अन्तर्राष्ट्रिय संस्थाले चीनसंग नेपालले किनेको चिनिया विमानहरू असुरक्षित भएको दाबी गर्दै ती विमानलाई अन्तराष्ट्रिय संस्थाले उडानको अधिकार नदिएको बताए । ‘चिनियाँ विमान उडाएकै कारण नेपाल कालोसूचिमा परेको छ,’ नेता गिरीले भने ती विमानहरू दुर्घटना भएमा त्यसको जिम्मा लिने भन्ने चिन्ता जाहेर गरे।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६  २०:२८
प्रतिक्रिया दिनुहोस्