site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारले मुलुकलाई जटिल स्थितिमा लैजाँदै :  मोहन वैद्‍य

दाङ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) महासचिव मोहन वैद्य ‘किरण’ले सरकारले सिके रावतसँग सहमति गर्ने, तर विप्लवसँग नहुनुले मुलुकलाई जटिल स्थितिमा लैजाने बताए ।

बुधबार टरिगाउँ एयरपोर्टमा रिपोर्टस् क्लब दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा विद्यले सिके रावतलाई सहमति मार्फत मुलधारको राजनीतिमा ल्याएर विप्लवलाई प्रतिबन्ध लगाउनु गलत कार्य भएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"विखण्डनकारी मुद्दा उठाउँदै आएको सिके रावतलाई मुलधारमा ल्याईयो" , उनले भने , " तर विप्लवका गतिविधिलाई प्रतिबन्ध लगाउने कार्य संविधान विपरित छ ।"  विप्लवका धेरै गतिविधिहरुमा आफू पनि सहमति नभएको भन्दै वैद्यले अहिले विप्लवलाई वार्ता र संवादमा ल्याउन सरकार गम्भीर बन्न नसकेको आरोप लगाए ।

अहिले मुलुकमा भएको व्याप्त भ्रष्टाचार, नागरिकता विद्येयक, बलात्कारका घटना, जग्गा प्रकरणलगायतका विषयमा विरोधका कार्यक्रम गर्ने तयारी रहेको उनको भनाई छ ।

उनले अर्को फरक प्रसंगमा समृद्ध नेपाल निर्माणका लागि सरकारले कामलाई सोचेअनुसार अघि बढाउन नसकेको आरोप लगाए । त्यस्तै टिकापुर घटना आन्दोलनका क्रममा भएको भन्दै सांसद रेशम चौधरीसहित ११ जनाविरुद्ध जन्मकैदको फैसला सुनाउनु न्यायोचित नभएको समेत बताए ।

प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६  २२:२५
प्रतिक्रिया दिनुहोस्