site stats
बाह्रखरी :: Baahrakhari
देश
बलात्कार र ठगी गिरोहमा पत्रकार सञ्‍जाल, अर्का पत्रकार सागर वली पक्राउ

काठमाडौं । बलात्कार र दुई करोड ठगी प्रकरणमा पत्रकारको सञ्‍जाल नै सक्रिय भएको पाइएको छ । यसअघि बलात्कार र ठगी आरोपमा पक्राउ परेका पत्रकार महेश भनेर चिनिने भुवन धितालले दिएको बयानका आधारमा अर्का एक जना पत्रकार पक्राउ परेका हुन् । 

अर्का पत्रकार सागर भनेर चिनिने कुलराज वली पक्राउ परेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तीन जना महिला बलात्कार, दुई मिटर ब्याजमा दुई करोड बढी रकम ठगी गरेको आरोपमा यसअघि चैत १३ जयविर मिडिया प्रालिद्‍वारा सञ्‍चालित जलजला खबर डटकमका पत्रकार महेश भनेर चिनिने भुवन धिताल पक्राउ परेका थिए । धिताल पक्राउ परेपछी उनको बयानका आधारमा दाङ प्रहरीले सागरमाथि अनुसन्धान अघि बढाएको थियो । 

दाङ जिल्ला अदालतले सागरका नाममा चैत २५ गते पक्राउ पुर्जी जारी गरेको थियो । अदालतले पक्राउ पुर्जी जारी गरेपछी उनी फरार थिए । उनलाई बिहीबार बेलुका करिब साढे ५ बजे काठमाडौंको सिभिल मलबाट पक्राउ गरिएको दाङ प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार यसअघी पक्राउ परेका धितालले आफूलाई ठगी धन्दामा सागरले सहयोग गरेको बयान दिएका छन् । सागरले सेना र प्रहरीका उच्च अधिकारीसँग तस्बीर खिचेर त्यहीँ फोटो दुरुपयोग गरी ठगीधन्दा चलाएको प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  १९:३७
प्रतिक्रिया दिनुहोस्