site stats
बाह्रखरी :: Baahrakhari
देश
घोराहीमा शिक्षकलाई १० देखि ४ बजेसम्म अन्यत्र पढाउन रोक

घोराही । घोराही उपमहानगरपालिकाले सरकारी विद्यालयका शिक्षकलाई विद्यालय समयमा अन्यत्र कोचिङ, ट्युशन र निजी विद्यालयमा गएर पढाउन रोक लगाउने भएको छ ।

नगर कार्यपालिकाको आइतबार बसेको ५२औँ बैठकले विद्यालय समयमा सरकारी विद्यालयका शिक्षक अरु निजी विद्यालयमा गएर पढाउने गरेको पाइएको भन्दै बिहान १० देखि बेलुका ४ बजेसम्म कतै जान नपाउने निर्णय गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विद्यालय समयमा बाहिर गएर कोचिङ, ट्युशन र निजी विद्यालयमा पढाउने शिक्षकलाई कारवाही गर्ने कार्यपालिका बैठकले निर्णय पनि गरेको छ । विद्यालय व्यवस्थापन समिति र विद्यालयका प्रधानाध्यापकहरुसँग समन्वय नै नगरी बाहिर जाँदै कोचिङ सेन्टरमा समय दिने, निजी विद्यालयमा गएर पढाउनेजस्ता कार्य गर्दा सम्बन्धित विद्यालयको पढाइमा नकारात्मक असर परेको हुँदा त्यो कार्यलाई निरुत्साहित गर्न विद्यालय समयमा कतै जान नपाउने नियम बनाइएको नगर प्रवक्ता तथा शिक्षा समिति संयोजक भरत अर्यालले बताए ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले शिक्षक विद्यालय समयमा विद्यालयमै बस्नुपर्ने र अन्य समयमा व्यवस्थापन समितिसँग प्रधानाध्यापकसँग अनुमति लिएर मात्रै जान पाउने गरी सबै विद्यालयमा पत्राचार गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०७५  २०:२५
प्रतिक्रिया दिनुहोस्