site stats
बाह्रखरी :: Baahrakhari
देश
दुई बर्षदेखि छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

दाङ । रुकुम पश्चिममा आफ्नै छोरीलाई पटक-पटक बलात्कार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

२ वर्ष देखि १७ वर्षीया छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा प्रहरीले जिल्लाको सानीभेरी गाउँपालिकाका ३४ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको हो । उनले डर, त्रास, धाकधम्की देखाई पटक पटक आफ्नै छोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले कसैलाई भनेमा आगो लगाएर मार्ने धम्कि दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए । पछिल्लो पटक उनले चैत्र १ गते छोरीलाई बलात्कार गरेको भन्दै आमाले दिएको निवेदनका आधारमा पक्राउ गरिएको उनले बताए ।

श्रीमती माईतीमा गएकी र छोरी विद्यालयबाटै साथीको घरमा गएको बेला छोरीलाई जबरजस्ती समातेर घर लैजाने क्रममा बाटोमा पर्ने एक खाली गोठमा लिएर बलात्कार गरेको निवेदनका आधारमा प्रहरी चौकी पुर्तिमकाँडाको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

उनलाई जंगलमा लुकीछिपि बसेको अवस्थामा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जबरजस्ती करणीको मुद्दामा म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


 

प्रकाशित मिति: बुधबार, चैत ६, २०७५  १६:१२
प्रतिक्रिया दिनुहोस्