site stats
बाह्रखरी :: Baahrakhari
देश
दाङमा बस दुर्घटनाः एकको मृत्यु, ३५ घाइते

दाङ । दाङमा सोमबार भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्‍य ३५ जना घाइते भएका छन्।

घोराही-होलेरी सडकखण्डको घोराही उपमहानगरपालिका-१३ बाह्रकुने दहको मौलाकोट जाने चोक नजिक दुर्घटना भएको हो। रोल्पा बागमाराबाट घोराही आउँदै गरेको ना ४ ख ६०९४ नम्बरको बस दुर्घटना हुँदा सहचालक रोल्पा रुन्टीगढी ७ का २३ वर्षीय हर्कबहादुर पुनको मृत्यु भएको हो।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दुर्घटनामा गम्भीर घाइते भएका पुनको उपचारका क्रममा मृत्यु भएको जनाएको छ।

दुर्घटनामा रोल्पा जौलीपोखरीका ५५ वर्षीय सम्पुरा डाँगी, तुलसीपुर उपमहानगरपालिका- ९ निवासी रथा घर्ति, रोल्पा माडी गाउँपालिका-३ निवासी इन्द्रबहादुर घर्ती गम्भीर घाइते भएको प्रहीले जनाएको छ। उनीहरुलाई कोहलपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए।

बाँकी घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको प्रहरीले जनाएको छ। बस तिब्र गतिका कारण घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार बसमा ४० जना यात्रु सवार थिए।

प्रकाशित मिति: सोमबार, चैत ४, २०७५  १९:२६
प्रतिक्रिया दिनुहोस्