site stats
बाह्रखरी :: Baahrakhari
देश
बर्दीसहित नेपाल प्रवेश गरेका भारतीय प्रहरीसहित सात जना रिहा

दाङ । अवैध रुपमा दाङ प्रवेश गरेका दुई भारतीय प्रहरीसहित सात जना रिहा भएका छन्।

बाँकेको रुपैडिहा नाका भएर बिहिबार राति दाङको तुलसीपुर पुगेका उनीहरुलाई शुक्रबार दाङ प्रहरीले रिहा गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मानव बेचबिखनसम्बन्धी मुद्दामा छानबिन गर्न नेपाल प्रवेश गरेको बयान दिए पनि नेपालको प्रहरीसँग समन्वय नगरी बर्दीसहित नेपाल प्रवेश गरेकाले आफूहरुले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए। अपराधिक घटनामा अर्को देश पुगेर अनुसन्धान गर्दा दुई देशबीच समन्वय हुनुपर्ने एसपी पाण्डेले बताए।

प्रहरीले भारतीय गाडीसहित दुई जना भारतीय प्रहरी र पाँच जना अन्‍य तुलसीपुरको न्यू मनकामना इँट्टा उद्‍योगबाट पक्राउ गरेको थियो। 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५  १७:५०
प्रतिक्रिया दिनुहोस्