site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कता हराए दर्शक ? डेढ करोड लगानी, हातमा ५ लाख

काठमाडौं । कलाकार दीपकराज गिरीले तीन दिन अगाडि फेसबुकमा एउटा स्टाटस लेखे, ‘दर्शक हराएको सूचना !’ उनको स्टाटसको अर्थ थियो– चलचित्र घरमा चलचित्र छन् तर दर्शक छैनन् ।

गत हप्ता तीन वटा चलचित्र रिलिज भए– ‘रणवीर’, सय कडा दश’ र ‘गोपी’ । तीन वटै चलचित्र अपेक्षा गरिएका थिए । तर, कुनै पनि चलचित्रले दर्शक तान्न सकेनन् । त्यसैले गिरीले लेखेका थिए, ‘दर्शक हराएको सूचना !’

दर्शक नआएपछि हलहरुले शो क्यान्सिल गर्नु परिरहेको उनको भनाइ छ । “आश गरेका चलचित्रमा पनि चलिरहेका छैनन्,” गिरी भन्छन्, “दर्शक नआएर शो क्यान्सिल भइरहेका छन् । तर हाम्रा चलचित्रकर्मी साथीहरु भने घुम्नमै व्यस्त छन् ।”

गएको वैशाखयता करिब ८० वटा नेपाली चलचित्र रिलिज भइसकेका छन् । त्यसमा करिब आधा दर्जन चलचित्रबाहेक अधिकांशले घाटा बेहोरेका छन् । “कतिलाई थाहा छैन होला र विश्वास पनि नलाग्ला, तर यहाँ अधिकांश चलचित्रले पोस्टरको पैसा पनि उठाएका छैनन् । अल नेपाल चलचित्र रिलिज हुँदा प्रोड्युसरको हातमा ५ लाख  रुपैयाँ हात पर्छ,” गिरीले बाह्रखरीसँग भने । 

चलचित्र निर्माणको क्रम रोकिएको छैन । औसतमा प्रति चलचित्र डेढ करोड रुपैयाँ लगानी भइरहेको चलचित्रकर्मीहरु बताउँछन् । हप्तामा दुई–तीन वटा चलचित्र रिलिज भइरहेका छन् । तर, अधिकांश चलचित्र गुणस्तरका हिसाबले औसतभन्दा पनि तल रहेको कलाकार तथा निर्माता गिरी बताउँछन् ।

“भारतमा ८० प्रतिशत चलचित्र औसतभन्दा माथि रहेर निर्माण गरिएको पाइन्छ, तर हाम्रोमा ८० प्रतिशतभन्दा धेरै चलचित्र औसतभन्दा कम गुणस्तरका चलचित्र बनिरहेका छन्,” गिरी भन्छन्, “औसतभन्दा कम गुणस्तरका चलचित्र हेरेका दर्शक नेपाली चलचित्र यस्तै हुन्, अब कहिल्यै हेर्दिन भनेर निस्किन्छन् । त्यसपछि आएको राम्रो नेपाली चलचित्र पनि हेर्दैनन् । यसले नेपाली चलचित्रप्रति नकारात्मक धारणा बनिरहेको छ ।”

केही समययता नेपाली चलचित्र ‘भल्गर’ बनेकाले दर्शकले विश्वास गर्न नसकेको उनको तर्क छ । “म सँगै बसेको थिएँ, आम्मै ! भनेर महिलाले जिब्रा काढेको मैले देखेको छु,” गिरीले सुनाए, “यस्तो गलत छाप परेपछि ती महिला फेरि चलचित्र हेर्न आउँछिन् ? यस्ता चलचित्र ब्याक टु ब्याक आएपछि कसरी हुन्छ राम्रो ?” 

चलचित्रबारे सामान्य जानकारीसमेत नभएका व्यक्तिले निर्माणमा हात हालेकाले राम्रा चलचित्र बन्न नसकेको उनको भनाइ छ । “सिनेमाको टेक्निक थाहा छैन, सिनेमा के हो थाहा छैन, स्क्रिप्टको स्किल थाहा छैन,” उनी भन्छन्, “डेढ करोडमा दुई महिना लगाएर चलचित्र निर्माण गरेर प्रदर्शन गर्ने निर्माता ८० प्रतिशत छन् । सिनेमाको आधारभूत ज्ञानको अभावमा बनाएपछि त्यसको असर हलमा देखिन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २३, २०७५  १३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro