site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्टेज रोयल्टी जम्मा ५ सय ! वास्तविक स्रष्टा ठगिँदै
SkywellSkywell

काठमाडौं । वर्षमा नेपालभित्र तथा बाहिर गरी कति सांगीतिक स्टेज कार्यक्रम हुन्छन् ? तथ्यांक कसैसँग छैन । स्टेज कार्यक्रम (कन्सर्ट) मा कसले कसका गीत गाउँछन् भन्ने लेखाजोखा पनि छैन । कार्यक्रम आयोजक तथा सहभागी दर्शकलाई मात्रै कसले कसका गीत गाइरहेको छ भन्ने जानकारी हुन्छ । त्यो पनि सबैलाई नहुन सक्छ । विदेशमा हुने कार्यक्रमको नेपाल सरकारसम्म यस्ता कार्यक्रमको रेकर्ड नै आइपुग्दैन । नेपालभित्रै हुने कार्यक्रमको भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई जानकारी हुन्छ । 

स्टेज कार्यक्रममा अरुका गीत गाएर आयोजकसँग मोटो रकम लिने कलाकारको ठूलो संख्या छ । तर यसरी अरुका गीत व्यावसायिक प्रयोजनका लागि गाउनु प्रतिलिपि अधिकार (कपिराइट) विरुद्धको कार्य हो । अरुका गीत गाएर धन आर्जन गर्नेलाई कपिराइटको मुद्दा चलाउन सकिन्छ । प्रस्तोता समाज नेपालका अध्यक्ष तुलसी पराजुली आफ्नो गीत अरुले बिना अनुमति व्यावसायिक प्रयोजनका लागि गाएको उजुरी गरेको खण्डमा कारवाही हुने र यसका लागि पहल गर्ने बताउँछन् ।

“मेरो गीत अरुले गाएर पैसा कमाइरहेको छ भन्दै कारबाही गरिपाऊँ भनेको खण्डमा कपिराइट अन्तर्गत कारवाही हुन्छ,” पराजुली भन्छन्, “तर, आजसम्म हामीसामु एउटा पनि यस्तो उजुरी आएको छैन, त्यसैले कारवाहीको प्रक्रियामा जान सकेका छैनौं ।” 

KFC Island Ad
NIC Asia

कन्सर्टमा अरुकै गीत !
नेपाल आइडलले अहिले उत्कृष्ट ४ लाई वर्ल्ड टुर कार्यक्रममार्फत् विश्वका विभिन्न देशमा कार्यक्रम गरिरहेको छ । नेपाल आइडलका विजेता तथा टुरमा सहभागी अन्य प्रतिस्पर्धीका आफ्नै गीत केहीका मात्रै छन् । उनीहरुले अहिले अरु कलाकारकै चलेका गीत गाउँछन् । उनीहरुले अरुका गीत गाएबापत रोयल्टी त तिर्छन् तर टेलिभिजनमार्फत् । 

“हामीले नेपाल आइडलका प्रतिस्पर्धीले अन्य कलाकारका गीत गाउँदा ओरिजिनल श्रष्टाले पनि रोयल्टी पाउने क्राइटेरिया बनाएका छौं,” संगीत रोयल्टी समाजका अध्यक्ष सुरेश अधिकारीले बाह्रखरीसँग भने, “यस्तो रकम कुनै शो विशेषभन्दा पनि टेलिभिजनको वार्षिक आम्दानीको एक प्रतिशत हामीलाई दिने सम्झौता भएको छ ।” 

Royal Enfield Island Ad

अन्तर्राष्ट्रिय फ्रेन्चाइज शोहरुले उसले आयोजना गर्ने रियालिटी शोमा गाइने गीतहरुको ओरिजिनल श्रष्टालाई रोयल्टीस्वरुप छुट्टै बजेट व्यवस्था गरेको हुन्छ । तर यस्ता शोहरुमा ‘भ्वाइस अफ नेपाल’ बाहेक अन्य फ्रेन्चाइज शोले श्रष्टालाई भिन्नै रोयल्टी प्रदान गरेका छैनन् । टेलिभिजनको वार्षिक आम्दानीको एक प्रतिशतमै उक्त रोयल्टी पनि समावेश गर्ने गरेको अध्यक्ष अधिकारी बताउँछन् ।  

स्टेजको रोयल्टी कति ?
स्टेज कार्यक्रममा अरुका गीत गाएबापत प्राप्त हुने  रोयल्टी संकलन भने सम्बन्धित निकायले प्रभावकारी दायरामा ल्याउन सकेको छैन । एउटा स्टेज कार्यक्रममा अरुका गीत गाएबापत काठमाडौं उपत्यकामा ५ सय, काठमाडौं उपत्यका बाहिरबाट १ हजार र नेपाल बाहिर हुने कार्यक्रमबाट प्रतिकार्यक्रम ५ हजार रुपैयाँ रोयल्टी तिर्नुपर्ने व्यवस्था छ । 

‘अरु नै मोटाए’
ओरिजिनल श्रष्टाहरु भने उठाइँदै आएको न्यून रोयल्टी र स्टेज कार्यक्रममा अरुका गीत गाएर मोटो रकम आर्जन गर्ने तर वास्तविक सर्जकहरु छायाँमा परिहेकोप्रति गुनासो गर्छन् । “हाम्रो गीत स्टेजमा गाएर कयौं व्यक्तिले मोटो रकम उठाइरहेका छन् । तर त्यही गीतको वास्तविक श्रष्टालाई भने उसले कति पनि तिर्नु नपर्ने ?” गायिका आस्था राउतले बाह्रखरीसँग भनिन्, “हामीले वर्षौं लगाएर तयार पारेर हिट भएको गीत स्टेजमा चढेर गाएर पैसा कमाउने ? हाम्रो बौद्धिक सम्पत्ति अधिकारको रक्षा कसले गर्छ ?”

गायिका राउत कडाइका साथ कपिराइट लागु गर्नुपर्नेमा जोड दिन्छिन् । “अरुका गीत गाएर ५ सय तिरेर झारा टार्ने काम बन्द गर्नुपर्छ । एउटा गीत गाउन कति समय, श्रम, पैसा र क्रिएटिभीटी खर्च भएको हुन्छ । त्यो ५ सय–हजारमा तुलनै हुन सक्तैन । त्यही भएर बौद्धिक सम्पत्ति भनिएको हो ।”

नेपाल आइडल सिजन–२ का अनुसार उक्त रियालिटी शोमा प्रतिस्पर्धीले सबैभन्दा धेरै गीत आस्था राउतको गाएका थिए । त्यसबापत उनले कत्ति पनि रोयल्टी पाएकी छैनन् । संगीत रोयल्टी समाजका अनुसार टेलिभिजनले दिने वार्षिक रोयल्टीमै उनले चित्त बुझाउनु पर्छ । 

राजनराज सिवाकोटीको ‘सुर्के थैली’ होस् या ‘कुटुमा कुटु’ अथवा ‘पूर्व पश्चिम रेल’, अहिले स्टेजमा धेरै गाइने मध्येका गीत हुन् । उनका गीत स्टेजमा उनले भन्दा अरुले नै धेरै गाएको उनी सुनाउँछन् । अरुले आफ्नो गीत गत वर्ष पोखरामा स्टेजमा ट्रयाकमा गाएर युट्युबमा अपलोड गरेको पनि उनले फेला पारे । “आजसम्म कसैले पनि मसँग अनुमति लिएर मेरा गीत गाएको पाएको छैन,” राजनराज भन्छन्, “सम्बन्धित संघसंस्थासँग भन्दा पनि व्यक्ति स्वयम्सँग अनुमति लिएर गाउनुपर्छ । किनकी त्यसको असली हकदार श्रष्टा स्वयम् हो ।” 

श्रष्टाको बौद्धिक सम्पत्ति खुलेआम चोरी हुँदा पनि सरकार र सरोकारवाला संघसंस्था मौन प्रायः बसेको सिवाकोटीको गुनासो छ । व्यक्तिलाई सजग बनाउन भएको कानुन प्रभावकारी रुपमा पालना गराउनुपर्नेमा उनको जोड छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १७, २०७५  ११:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro