site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली चलचित्रमा वार्षिक २ अर्ब लगानी, विदेशमा छैन बजार
SkywellSkywell

काठमाडौं । नेपाली चलचित्र उद्योगमा वार्षिक २ अर्ब रुपैयाँसम्म लगानी भइरहेको छ । वर्षमा एक सयदेखि १२० वटासम्म चलचित्र प्रदर्शन भइरहेका छन् । सरदर एउटा चलचित्रमा एक करोडदेखि २ करोड ५० लाखसम्म लगानी हुन्छ । यो लगानीलाई औसतमा हिसाब गर्दा डेढ अर्बदेखि २ अर्ब चलचित्रमा लगानी भइरहेको छ । ठूलो संख्यामा निर्माण भएर डब्बा हुने (प्रदर्शनमा नआउने) चलचित्र पनि छन् । 

चलचित्र उद्योगमा बर्सेनि लगानी थपिँदै गएपनि मुनाफा कमाउने चलचित्रको संख्या भने न्यून छ । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीका अनुसार ५ प्रतिशत चलचित्रले मात्रै मुनाफा कमाउँछन् । “१५ प्रतिशत चलचित्रले मात्रै लगानी उठाइरहेका छन्,” अध्यक्ष अधिकारी भन्छन्, “बाँकी रहेका ८० प्रतिशत चलचित्रले लगानी डुबाइरहेका छन् । 

ठूलो लगानीमा बनेका अधिकांश चलचित्रले लगानी उठाउने गरेका छन् भने सानो लगानीमा बनेका चलचित्र डुब्ने गरेका छन् । सानो लगानीमा बनेका एकाध चलचित्रले मात्रै लगानी उठाउने गरेको अधिकारी बताउँछन् । “संसारभरकै चलचित्रको आंकडा हेर्ने हो भने यस्तै हुन्छ । तर लगानी उठाउने चलचित्रको आंकडालाई उकास्नुपर्ने अवस्था छ,” उनी भन्छन्, “बिजनेसका हिसाबले लगानी गर्नेहरु लगानी डुबेपछि फेरि दोहोरिँदैनन् ।”

KFC Island Ad
NIC Asia

नेपाली चलचित्रमा लगानी गर्ने अधिकांश विदेशमा बस्ने नेपाली रहेका छन् । कोही रहर र कोही व्यापारिक हिसाबले लगानी गर्दै आएका छन् । व्यापारिक प्रयोजनका हिसाबले लगानी गर्नेहरु भने नदोहोरिने गरेको अध्यक्ष अधिकारी बताउँछन् ।

बजार खोज्न चुनौती
निर्माता संघका अध्यक्ष अधिकारी नेपाली चलचित्रको लगानी सुरक्षित गर्न विदेशी बजार खोज्नुपर्नेमा जोड दिन्छन् । “यसका लागि लगानीकर्ता, वितरक र सरकारले सम्भावित बजार खोज्नुपर्ने आवश्यकता छ । भारतको सिक्किम, दार्जिलिङ तथा म्यानमारलगायत नेपाली भाषी बसोबास गर्ने क्षेत्र नेपाली चलचित्रको सम्भावित बजार रहेका क्षेत्र हुन्,” अधिकारी भन्छन् ।

Royal Enfield Island Ad

यी क्षेत्रमा नेपाल सरकारको पहलमा भारतीय सरकारले सहयोग गरेको अवस्थामा ठूलो बजार थपिने निर्माता संघको विश्वास छ । “नेपाली भाषालाई पनि भारतको संविधानले क्षेत्रीय भाषाको रुपमा स्वीकार गरिसकेको अवस्थामा त्यहाँको सेन्सर बोर्डमा एक जना नेपाली भाषी राख्नका लागि सरकारले पहल गर्नुपर्ने देखिन्छ,”  संघका अध्यक्ष अधिकारी भन्छन्, “बोर्डमा रहेका व्यक्तिहरुले नेपाली बुझ्दैनन् । त्यसैले यो समस्या समाधानका लागि पहल हुनु आवश्यक छ ।” 

भारतमा नेपाली चलचित्र सेन्सरका लागि एकदेखि डेढ महिना लाग्ने गरेको छ । नेपालमा भने चलचित्र बिहीबार सेन्सर भएर शुक्रबार नै प्रदर्शन सुरु हुन्छन् । “चाइनामा फेडेरेशन अफ मोसन पिक्चर प्रोडुसर एसोसिएशन छ । २४ राष्ट्र सदस्य रहेको उक्त संस्थामा मैले भर्खरै नेपाललाई पनि सदस्य बनाएको छु,” अध्यक्ष अधिकारीले भने, “यसमा म आफैँ पनि बोर्ड मेम्बरका रुपमा बसेको छु । निर्माता संघले बजार खोजिरहेको छ । हाम्रो प्रयासमा राज्यले पनि साथ दिनुपर्यो ।” निर्माता संघ यही फेबु्रअरीको अन्तिममा नेपाली चलचित्रको बजार खोज्न बर्मा जाँदैछ । 

पूर्ण बक्सअफिस लागु हुनुपर्ने
बक्स अफिस पूर्णरुपमा लागु भएपछि अझ सहज हुने निर्माता संघको भनाइ छ । चलचित्र विकास बोर्डले केही दिन अगाडि यो प्रणाली सहज रुपमा कार्यान्वयन गर्दै जान आचारसंहिता निर्माण गरेको छ । निर्माण भएको आचार संहिता लागु भएको अवस्थामा बक्सअफिस प्रणाली पूर्ण रुपमा लागु हुने संघको विश्वास छ । 

“प्रत्येक शोमा कति टिकट काटियो, त्यसको ईमेल व्यक्तिले नभई निर्माताको ई–मेलमा अटो जेनेरेट रुपमा आउनु पर्यो । त्यही पूर्ण बक्स अफिस प्रणाली हो,” अध्यक्ष अधिकारीले भने । बक्स अफिस नहुँदा हल सञ्चालकले शो र टिकट संख्यामा बदमासी गर्ने गरेको आरोप लाग्दै आएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ९, २०७५  १२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro