site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखराको आकाशमा गोपीको पब्लिसिटी

काठमाडौं । बुधबार दिउँसो निर्देशक दीपेन्द्र लामालाई केही चलचित्र निर्माताहरुको फोन आयो । जिज्ञासा थियो–कसरी यो कन्सेप्ट आयो ? फोन गर्नेमा पुराना निर्मातादेखि समकालीनहरुसम्म थिए । उनले केही नयाँ गरौं भन्ने सोचिरहेका बेला प्रोडुसर श्रीधर पौडेलले नयाँ कन्सेप्ट डिजाइन गरेको बताइदिए । 

प्रसंग हट एयर बेलुनमा चलचित्र गोपीको पोस्टर । पोखराको आकाशमा उडिरहेका हट एयर बेलुनमा चलचित्र ‘गोपी’का पोस्टर टाँसिएका छन् । 

हट एयर बेलुनमार्फत चलचित्रको प्रचारप्रसार गरिएको यो पहिलोपटक हो । वालमा पोस्टर, युट्युब र हलमा ट्रेलर, टेलिभिजन र रेडियोमा प्रोमो अनि मुख्यमुख्य शहरमा कन्सर्ट र पत्रकार सम्मेलन चलचित्र प्रचारको शैली पुरानो भइसक्यो । चलचित्रको चलेको गीतको भिडियोको कभर पनि अब पुरानै हुन लाग्यो । त्यसैले गोपीले अघिल्लो साता राष्ट्रियताका बारेमा कविता लेखेर पठाउन आग्रह गर्यो । विजेतालाई ३० हजार पुरस्कारको पनि व्यवस्था गर्यो । 

एकातिर पोस्टर र देश दौडाहा चलचित्र पब्लिसिटीको पुरानो तरिका भइसक्यो । अर्कोतिर त्यही गर्न पनि गोपीका मुख्य कलाकार विपिन कार्की सडक दुर्घटनामा परि घाइते भएर बेड रेष्टमा छन् । त्यसैले पनि ‘गोपी’लाई प्रचारका लागि नयाँ तौरतरिका अपनाउनै पर्ने थियो । ‘गोपी’का नायिका मध्येकी एक वर्षा राउत भने यती बेला ‘चौका दाउ’को प्रोमोसनका लागि काठमाडौं बाहिर छिन् । 

“चलचित्रको कथा जसरी फरक छ, त्यस्तै पब्लिसिटी पनि फरक तरिकाले गर्नु पर्ने थियो । त्यसैले हट एयर बेलुनमा हामीले ‘गोपी’को पोस्टर राखेर पब्लिसिटी गर्योैं,” गोपीका निर्माता श्रीधर पौडेलले बाह्रखरीसँग भने, “जमिनबाट धेरै माथि नउड्ने भएकाले प्रभावकारी हुन्छ भनेर यो बेलुनलाई रोज्यौं ।” न्यु इयर इभलाई लक्षित गरेर सुरु गरेको पब्लिसिटी अझै जारी छ । 

श्रीधरले प्याराग्लाईडिङ मार्फत पनि चलचित्रको प्रचार गर्न सकिन्छ कि भन्ने सोचे । तर धेरै उचाईमा उड्ने भएकाले खासै प्रभावकारी नहुँदा उनी पछि हटे । 

नेपालमा चलचित्र प्रचारका लागि खासै समय र बजेट छुट्याएको पाइँदैन । बलिउडमा चलचित्रको कुल बजेटको कम्तिमा २५ प्रतिशत बजेट पब्लिसिटीमा खर्च गरिन्छ । “बलिउडमा लो बजेटको फिल्म जस्तै १० करोडमा निर्माण गरिएको छ भने अर्को १० करोड पब्लिसिटीका लागि खर्च गरिन्छ,” निर्देशक तथा समीक्षक दीपेन्द्र भन्छन्, “हाम्रोमा भने समय र बजेट पब्लिसिटीका लागि खासै खर्च गर्ने परम्परा नै बसिसकेको छैन ।”

पौडेलका अनुसार निर्माणको कुल बजेटको १८ प्रतिशत पब्लिसिटीका लागि ‘गोपी’ले खर्चिदैछ । यो चलचित्र घोषणामा पत्रकारलाई चियापान खुवाएको देखि वाल पोष्टरसम्मको हिसाव गर्दा आउने खर्चको हिसाव हो । 

त्यसो त ‘गोपी’को प्रचारमा अझै केही नयाँ शैली सहितका कार्यक्रम ल्याउने बाँकी रहेको पौडेल बताउँछन् ।  

बलिउडमा चलचित्र निर्माणलाई जति संबेदेनशील मानिन्छ त्यती नै ध्यान पब्लिसिटीमा पनि दिइन्छ । सुपरस्टार आमिर खान हुन् या किङ खान शाखरुख । उनीहरु आफ्नो चलचित्रको प्रचारका लागि कुनै कसर राख्दैनन् । सैलुनमा बसेर सर्वसाधारणको कपाल काट्ने देखि सार्वजनिक सवारी ट्याम्पो रुटमा चलाउने सम्म गर्छन् । समाज सेवाको पाटो भिन्दै छ, जसले प्रदर्शनपूर्व नै चलचित्रको यती पब्लिसिटी भइसकेको हुन्छ कि चलचित्रको हाइपको ग्राफ निकै माथि चढिसकेको हुन्छ । देश देखि विदेशका दर्शकलाई कसको चलचित्र कहिले आउँछ अग्रिम जानकारी हुन्छ । फलतः इनिसियल फष्ट डे कलेक्सनले नै चलचित्रलाई सय करोड क्लबमा प्रवेश गराउने ल्याकत राख्छन् । 

तर, नेपालको प्रसंग अलि फरक छ, आफ्ना फेबरेट एक्टर तथा एक्ट्रेसको फिल्म कहिले आउँदैछ भनेर हार्डकोर दर्शकलाई नै थाहा हुँदैन । यो साक्षी आफू रहेको बताउँछन् अभिनेता खगेन्द्र लामिछाने । आफ्नो चलचित्र ‘डण्डिवियो’ लागेको आफ्ना दर्शकले नै थाहा नपाएको बताउँछन् । “राम्रो कथामा चलचित्र बन्ने हो भने त्यही अनुसारको मार्केटिङ हुनुपर्छ । बाहिरको बजारमा पनि पठाउन सक्नुपर्छ । फेष्टिबलका लागि एप्रोच गर्नुपर्छ । यसो गर्न सकियो भने राम्रो चलचित्र बनाउन सकिन्छ । हाम्रोमा बजेट अभावका कारण चलचित्र आउँदैछ भनेर मार्केटिङ नै हुँदैन,” खगेन्द्र भन्छन्, “यसमा मेरो आफ्नै अनुभव छ । यती धेरै सुभचिन्तक मध्ये केही व्यक्तिलाई मेरो चलचित्र ‘डण्डीबियो’ रिलिज भएको छ भन्ने नै थाहा थिएन । हामी दर्शकलाई नै थाहा नदिई चलचित्र रिलिज गरिरहेका त छैनौं ?” 

 चलचित्र राम्रो भएर मात्रै नहुने भन्दै दर्शकसामु चलचित्र आउँदैछ भनेर जानकारी पनि दिन सक्नु पर्ने दीपेन्द्र बताउँछन् । “हाम्रोमा केही राम्रा चलचित्र पनि बनिरहेका छन् । तर ती चलचित्र पब्लिसिटीको अभावमा कहिले लाग्छन् र उत्रिन्छन् भन्ने नै थाहा हुँदैन ।”

पब्लिसिटीको नयाँ तरिका अघिल्लो वर्ष दीपेन्द्र के खनालले पनि गर्ने प्रयास गरेका थिए । स्क्रिप्ट लेखेर पठाउन आग्रह गर्दै राम्रो स्क्रिप्ट आएमा त्यसमै चलचित्र बनाउने घोषणा गरेका थिए । पछिल्लो समय नेपाली चलचित्र पब्लिसिटीको तौरतरिकामा केही फरकपन भित्रिन थालेको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १९, २०७५  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro