site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
\'मनपरी गर्न दिएको हो जनताले दुईतिहाइ ?\'
SkywellSkywell

काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा नेतृत्वको कार्यशैलीलाई लिएर आलोचना गर्ने क्रम जारी छ । शनिबारदेखि जारी बैठकमा आज बिहीबार धारणा राख्ने अधिकांश सदस्यले पनि सरकार र पार्टी नेतृत्वको गतिहीनता र कार्यशैलीमाथि कटाक्ष गरे ।

“बैठकमा नेतृत्वको कार्यशैलीबारे प्रश्न उठ्ने क्रम जारी छ,” बिहीबारको बैठक सकिएलगत्तै सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता किरण गुरुङले भने, “नेतृत्वको कार्यशैलीकै कारण पार्टी एकता र सरकार गतिशून्य बन्न पुगेको स्थायी कमिटीका नेताहरूको निष्कर्ष छ । बैठक बस्नै नसक्ने अवस्थामा पार्टी पुग्यो, एकीकरण पनि जसरी अपेक्षा गरिएको थियो, त्यसरी हुन सकेन । बैठक समयमै आह्वान नहुँदा परिस्थिति धमिलिन पुग्यो ।”

त्यस्तै पार्टी एकीकरण विधिसम्मत ढंगले टुंग्याउनुपर्नेमा जोड दिँदै नेतृत्वले कार्यशैली तत्काल बदल्न नेताहरूले सुझाव दिएको उनको भनाइ थियो । “जनताले हामीलाई दुईतिहाइ दिएका छन्,” उनले भने, “यो हामीले घमण्ड गर्ने विषय होइन । दुईतिहाइ भनेको मनपरी गर्न पाइने छुट पनि होइन । दुईतिहाइ चुनौती हो । सामना गरेर जानुपर्छ ।”

KFC Island Ad
NIC Asia

उनले सरकारमाथि चौतर्फी आक्रमण भइरहेकोमा बैठकमा चिन्ता व्यक्त भएको बताउँदै नेकपा आलोचना सुन्ने ठाउँमा भएकाले सहनुपर्ने पनि बताए । ठूला आकारका कमिटी नै पार्टी प्रणालीको चुनौती भएको भन्दै उनले सानो र छरितो कमिटी बनाएर कामलाई व्यस्थित गर्न पनि नेताहरूले सुझाव दिएको बताए ।

मुख खोल्दैनन् पूर्वमाओवादी
पार्टी र सरकारको कामलाई लिएर पार्टी अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना भइरहँदा पूर्वमाओवादी केन्द्रका नेताहरू भने मौन देखिएका छन् । मन्त्रिपरिषद्मा रहेका पूर्वमाओवादी केन्द्रका नेताहरूले सरकारको बचाउ गर्ने त भइहाले, सरकारमा नरहेकाले पनि नेतृत्वको कार्यशैलीमाथि कुनै टिप्प्णी गरेका छैनन् । हरिबोल गजुरेललगायत नेताहरूले त केपी ओलीको बचाउ नै गरे ।

Royal Enfield Island Ad

बैठक सकिएलगत्तै प्रतिक्रिया दिने पनि पूर्वएमालेका नेता नै छन् । बिहीबार आफ्ना धारणा राखेका लिलामणि पोख्रेलले त बाहिर आएर प्रतिक्रिया दिनै नहुने, बैठकमा आफूले राखेको विषय आन्तरिक भएको र त्यसलाई बाहिर चर्चा गर्नु नपर्ने तर्क गरे । 

“मैले जे भन्नुपर्ने थियो, त्यो पार्टीभित्रको आन्तरिक प्रश्न हो, बाहिर सार्वजनिक गर्ने विषय होइन,” उनले टिप्पणी गरे, “बैठकमा मतमतान्तर भएका विषय सबै सार्वजनिक गर्ने हो भने टुँडिखेलमा बैठक राखे भइहाल्यो नि !”

त्यस्तै अर्का नेता गणेश साहले पनि बैठकका बारेमा बाहिर जेजति प्रचार भइरहेको छ, त्यसमा सत्यता नरहेको र छलफल, विचार–विमर्शले पार्टीलाई जीवन्त बनाउने तर्क गरे । उनले बैठकमा यावत् कुरा उठे पनि अन्तिममा पार्टी एक भएर जाने र वर्तमान गतिरोधबाट पार्टीले पार पाउने अपेक्षा व्यक्त गरे ।

‘मिडिया पूर्वाग्रही भयो’
बिहीबारको एक दैनिक पत्रिकाले सरकारका मन्त्रीहरूले दोहोरो इन्धन सुविधा लिएको भनेर समाचार छापेकोबारे स्थायी कमिटी बैठकमा समेत कुरा उठेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए । उनले दोहोरो इन्धन सुविधा बुझ्नेमा आफ्नो नाम पनि रहेको बताउँदै त्यसले आफूलाई आश्चर्यमा पारेको सञ्चारकर्मीसँग बताए ।

“इन्धन होइन, मैले मेरो तलबसमेत आफूले बुझेको छैन । स्वकीय सचिवको खातामा जम्मा हुन्छ,” उनले समाचारको खण्डन गरे, “म इलेक्ट्रोनिक सवारी चढ्छु । उपत्यकाबाहिर जाँदाबाहेक इन्धन सुविधा लिएको छैन ।”

त्यस्तै बिहीबारको बैठकमा धारणा राख्ने चक्रपाणि खनाल ‘बलदेव’ र मातृका यादवले पनि बैठकमा दोहोरो सुविधा लिँदै नलिएको जिकिर गरेको पुनको भनाइ थियो । “तथ्यमा आधारित भएर विकृति, विसंगति उजागर गर्दा चौथो अंगप्रति भरोसा बढ्थ्यो । तर, तथ्यभन्दा बाहिर, पूर्वाग्रह भएर समाचार सम्प्रेषित गर्दा यसले मिडियालाई कमजोर बनाउँछ,” पुनले भने ।
त्यस्तै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पनि आफूले दोहोरो इन्धनको सुविधान नबुझेको तथ्य केलाउन आग्रह गरे । “मेरो मन्त्रालयमा गएर हेर्नुहोला,” झोँकी स्वभावका मन्त्रीले भने, “मैले मेरो तलब त आफैँ बुझ्दिन, इन्धन सुविधा कसरी बुझ्नू !”

त्यस्तै नेता किरण गुरुङले पनि वामदेव गौतमले स्थायी कमिटीको बैठकमा लिखित रुपमा पेश गरेको विचार प्रतिवेदन या फरक मत नभएको प्रष्ट पार्न खोजे । “सञ्चारमाध्यममा पार्टी नै विभाजन हुन लागेजसरी सूचना सम्प्रेषित भइरहेको छ । बैठकमा सौहार्दपूर्ण वातावरणमा छलफल जारी छ,” वामदेव निकट रहेका नेता गुरुङले भने, “नेता गौतमले प्रस्तुत गर्नुभएको लिखित धारणा पनि उहाँको विचार हो ।”

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि बिहीबार किरण गुरुङ, पेशल खतिवडा, अमृतकुमार बोहरा, पम्फा भुसाल, लिलामणि पोखरेल, चक्रपाणि खनाल, माृतका यादव र विष्णु रिमालले आफ्नो विचार व्यक्त गरेका थिए ।

बैठक शुक्रबार बिहान ८ बजे पनि बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ५, २०७५  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro