site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केपी ओलीलाई भीम रावलको प्रश्न– ‘शैतान’ भन्नेबाट सम्मानको थैली किन समातेको ?
SkywellSkywell

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावल सरकारको निर्णयबिना मुनबाट सुशासनको थैली समातेको भन्दै अध्यक्ष एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खनिएका छन् । केही दिनअघि काठमाडौंमा सम्पन्न एसिया प्रशान्त सम्मेलनको शुरूआतदेखि नै विरोधमा उत्रिएका रावलले विवादास्पद संस्थाले गरेको सम्मान ग्रहण गरेको भन्दै ओलीको आलोचना गरेका हुन् ।

युनिभर्सल पिस फेडेरेशन (एपीएफ) सन् १९५४ मा धार्मिक आन्दोलन चलाउने उद्देश्यबाट स्थापित भएको बताउँदै उनले संस्थाले कम्युनिस्टलाई शैतानको संज्ञा दिने गरेको बताए । उत्तर कोरियाले जासूसी गरेको भन्दै मुनलाई पाँच वर्ष श्रम कारावासको सजाय दिएको बताउँदै रावलले दक्षिण–उत्तर कोरिया युद्धको बेला उनी देश छाडेर भागेको जानकारी दिए । 
त्यस्तै उनले धर्मान्धता फैलाएको भन्दै अमेरिकामा १८ महिना जेल, जापान, बेलायतमा देश प्रवेशमा प्रतिबन्ध लगाएको भन्दै मुनको विवादित छविको उजागर गरेका छन् । अमेरिकामा मुनले अनुदार विचारको द वासिंगटन टाइम्स स्थापना गरेको चर्चासमेत रावलले गरेका छन् ।

KFC Island Ad
NIC Asia

सन् २०१२मा मुनको निधन भएपछि उनको आन्दोलन छिन्नभिन्न भएको र श्रीमती हाक जा मुन पनि संदिग्ध रहेको उनको आरोप छ । श्रीमती मुन पनि आमासँगै उत्तर कोरियामा गिरफ्तार भएको र युद्धताका नै मुनको चर्च आन्दोलनमा लागेको उनले बताएका छन् । जेठा छोरा हुन जिन प्रेस्टेन मुनले फेमिली पिस एशोसिएसन, कान्छा छोरा हुन जिन सियन मुनले स्यांकुचरी चलाएका छन् भने श्रीमती मुनले वुमन फेडेरेशन फर वर्ल्ड पिस इन्टरनेशनल सञ्चालन गरेको र सबै भूमिका संदिग्ध रहेको उनको जिकिर छ ।
कान्छा छोरा स्यांकुचरी चर्चले त हतियार किनबेचमा संलग्न रहेको उनले सबूत पेश गरेका छन् । “कान्छा छोरा हुन जिन सियन मुनले चलाएको स्यांकुचरी चर्च दम्पत्तिहरूका लागि आयोजित समारोहमा एआर–१५ अर्धस्वचालित राइफल ल्याउन र सम्भव नभए बन्दुक पसलमा गएर ७०० अमेरिकी डलरको उपहार प्रमाणपत्र ल्याउने धार्मिक नियम बनाएका छन् । त्यसो नगर्नेहरूले सच्चा पिताको अनादर गरेको ठहरिनेछ,” रावलले आलोचनाको २८ नम्बर बुँदाको उपबुँदा ९मा लेखेका छन् ।
रावलले भियतनाम–अमेरिका युद्धताका उग्र कम्युनिस्ट विरोधी छवि बनाएका कारण त्यहाँको गुप्तचर संस्थाले सम्मान गरेको बताएका छन् । उनले एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय आन्दोलन (आईक्याप) र युपीएफलाई उस्तै बुझिएको भन्दै यसलाई अलग्याएर हेरिनुपर्ने बताएका छन् ।
युनिभर्सल पिस फेडेरेशनमा आवद्ध फिलिपिन्सका होसे द भिनिसिया आईक्यापमा रहेकाले मुनकै संस्थाका रूपमा बुझेको उनको ठहर छ । उनले नेपालबाट केही कलिला युवायुवती धार्मिम प्रभावमा पारेर दक्षिण कोरियाका सडकमा पैसा संकलन गर्न लगाएको र संकलित रकमको दशांशमात्रै संकलकले पाउने रावलले उल्लेख गरेका छन् ।
यस्तो प्रकारको धार्मिक संस्थाको कार्यक्रममा नेपाल सरकार, राज्य दुरुपयोग हुनु दुःखद् भएको बताउँदै संस्थाको गतिविधि, आर्थिक स्रोत कानुन बमोजिम भए–नभएको छानबिन गर्नसमेत रावलले माग गरेका छन् ।

“काठमाडौंमा युपीएफले आयोजना गरेको कार्यक्रमको निम्तोपत्रमा प्रधानमन्त्रीबाट हस्ताक्षर भई परिवार दलका एकनाथ ढकाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारलाई संयुक्त रूपमा विशेष दूत बनाइनु, सम्मेलनमा नेपाल सरकार, प्रतिनिधिसभाको लोगो दुरुपयोग गरिनु, उपप्रधानमन्त्रीलाई संस्थाको कार्यक्रमको अतिथि स्वागतमा खटाइनु, प्रधानमन्त्री अतिथि सत्कार गर्न भन्दै होटलमा गएर बस्नु, सरकारको निर्णयबिना प्रधानमन्त्रीले सच्चा माताबाट सुशासनको प्रमाणपत्र र एक लाख डलरको थैली थाप्नु संविधान, धर्म निरपेक्षता, पार्टीको सिद्धान्त, राज्य र कूटनीतिक मर्यादा तथा जनउत्तरदायी सरकारको मान्यता विरोधी ठहरिन्छ,” उनले भनेका छन् । रावलले यस्तो क्रियाकलापमा संलग्न भएकोमा गल्ती महसुस गर्दै अब उप्रान्त यस्तो प्रकृतिको गल्ती नहुने सुनिश्चित गर्न आग्रह गरेका छन् ।

Royal Enfield Island Ad


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ३, २०७५  १४:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro