काठमाडौं । केही महिना अगाडि म्युजिक नेपालले एउटा गीत सार्वजनिक गर्यो । श्रद्धा पराजुलीको स्वर रहेको गीतले नेपाली व्याकरणको नियम सिकाउँछ । ह्रस्व–दीर्घ कसरी लेख्ने जस्ता कुरालाई सामान्य तरिकाले सिकाउने उक्त गीत धेरैले रुचाए ।
अहिले अभिनयको साधना गर्ने ठाउँ मण्डला थिएटरमा कसरी पढाउने भनेर सिकाउने काम चलिरहेको छ । विद्यार्थीलाई कसरी पढाउने भन्ने कला मण्डला थिएटरमा कलाकारहरुले सिकाइरहेका छन् ।
परिवर्तित समयमा शिक्षण विधिमा पनि परिवर्तन ल्याउनुपर्छ भन्ने सन्देश बोकेर मण्डलामा पुगेका हुन्, केदार श्रेष्ठ । गत जेठमा अन्तर्राष्ट्रिय बालनाटक महोत्सवमा चर्चा पाएको नाटक अहिले मण्डला थिएटर आइपुगेको हो । स्कुलको परिवेशमा बालबालिका र शिक्षकबीचको सम्बन्धको कथा हो नाटक ‘उपिया“को निबन्ध’ ।
विद्यार्थीहरुमाझ त्यसमा पनि विशेषतः परीक्षाको समयमा एउटा ठट्यौली कथा खुब लोकप्रिय छ, त्यो हो–उपियाँको कथा । माछो एउटा जलचर प्राणी हो । यसको शरीर कत्लाले ढाकिएको हुन्छ । यदि यो जलचर नभएर थलचर प्राणी भएको भए यसको शरीरमा भुत्ला हुन्थ्यो । भुत्ला भएको भए त्यसमा उपियाँ पथ्र्यो । उपियाँ यता र उता फुत्त्रुक्क फुत्त्रुक्क उफ्रिन्छ । उपियाँ कालो र खैरो हुन्छ.... ।
नाटकमा शिक्षकले विद्यार्थीलाई निबन्ध लेख्न सिकाउँछन् । आफूले लेख्न सिकाएपछि माछाका बारेमा २ सय शब्दमा नघटाई निबन्ध लेख्न गृहकार्य दिएपछि विद्यार्थीले लेखेको निबन्धको अंश हो यो । कक्षाको एक विद्यार्थीले प्राणीका विषयमा जुनसुकै विषयमा निबन्ध लेख्न लगाए पनि उपियाँको कथा जोडी हाल्छ ।
कारण के हो ? केदार श्रेष्ठले खोज्ने प्रयास गरेका छन् । र उनी निष्कर्षमा पुगेका छन्, परम्परागत शिक्षण पद्धति उपयोगी नहुनु ।
परम्परागत पठन शैली अंगालेको शिक्षकको दबाब, आक्रोश र त्रासका बीच एक बालकले अवोध रुपमा गरेको चल्याख्याँइले समग्र पठन शैलीमा ल्याएको परिवर्तनलाई नाटकमा देखाइएको छ ।
नाटक एउटा स्कुलको एउटा कक्षामा एक घण्टा घुम्छ । तर यसले कुनै एक निश्चित स्कुल, परिवेश, निश्चित पात्रमाथि नभई समग्र पठन शैलीको प्रतिनिधित्व गर्छ । गम्भीर र जटिल विषयवस्तुमाथि हसाउँदा हसाउँदै गम्भीर सन्देश दिन्छ ।
नाटकमा अभिनयमा पारंगत कलाकार छैनन् । उमेर र अनुभवले नखारिएका साना–साना भाइबहिनीहरु मञ्चमा उत्रिएका छन् । विद्यार्थी र शिक्षक दुवैको भूमिकामा प्रेरणा विद्याश्रमका विद्यार्थीहरु नाटकमा देखिन्छन् । कति आफैँले भोगेको त कति नभोगेको विषयलाई देखाएका छन् ।
बालबालिकाहरुबाट दबाब र त्रासले मात्रै काम लिन सकिँदैन त्यसका लागि अनुकूल वातावरण तयार हुनुपर्छ भन्ने सन्देश निर्देशकले दिएका छन् । निर्देशक श्रेष्ठ यसका लागि घरी विद्यार्थीलाई यो कुरा भन्न लगाउँछन् त घरी हेडमिस मार्फत् शिक्षकलाई भन्न लगाउँछन् । “बालबालिका रंगीन हुन्छन् भन्नेमा विश्वास गर्छु । तर कहिलेकाही हाम्रा छेकबार र उर्दीहरुले उनीहरुको रङ्ग फुङ्ग उडाउने गर्छ । जतिसुकै साना भएपनि उनीहरुको पनि मन हुन्छ, मस्तिष्क हुन्छ र उनीहरुमा पनि आत्मसम्मान भन्ने कुरा हुन्छ । यसर्थ ‘सानालाई माया’ भन्ने पुरातन सोचबाट बाहिर निस्केर ‘सानालाई आदर’का साथ यो नाटक लेखेको हु“,” निर्देशक श्रेष्ठ भन्छन् ।
यसरी जन्मियो नाटक
नेपाल शेक र राष्ट्रिय नाट्य विद्यालय, नया“ दिल्लीले गरेको एक महिने पूर्ण कार्यशालामा केदार पनि थिए । कार्यशालामा गफगाफका क्रममा एउटा चुट्किला सुनायो कसैले । सुनेर उनी धेरैबेरसम्म हा“से । शान्त हु“दा हा“सोभित्र निकै गम्भीरता देखे । त्यही चुट्किलालाई केदारले नाटकको स्वरुप दिए ।
२०६९ मा राष्ट्रिय बालनाटक महोत्सव हु“दै मण्डला थिएटरमा यो नाटक उनले मञ्चन गरे । मंगलरबार साँझ मण्डलामा नाटक मञ्चन हुँदा यो ४१ औं मञ्चन थियो । १ घण्टा १० मिनेटको सेरोफेरोमा सकिने नाटकले शिक्षक, विद्यार्थी, अभिभावक मात्रै हैन, सबैलाई हँसाउँदा हँसाउदै बालबालिकाप्रति गम्भीर हुन आग्रह पनि गर्छ । अभिनयमा पारंगत नभए पनि नराम्रो अभिनय पनि गर्दैनन् । बीचबीचमा आउने संगीतले दर्शकलाई अझै रोमाञ्चित पार्छ । मञ्चमा देखिने भिन्न भिन्न अनुहार र लवजले नाटकमा बान्की थपेको छ । शिक्षक, विद्यार्थी र अभिभावकका लागि सुरुमा उल्लेख गरिएको व्याकरण सिक्ने गीत जस्तै पठन शैली सिकाउन अभिपे्ररित गर्ने नाटक हो ‘उयाँपिको निबन्ध’ ।
कालाकार
महेशः योगेश महर्जन
नेपाली सरः निर्देश केसी
राजिवः आयुश महर्जन
प्रदीपः एलेक्स महर्जन
ज्योतिः दिया महर्जन
प्रमिलाः कीर्ति महर्जन
साराः सर्जिला महर्जन
सुमनः अदिन महर्जन
हेडमिसः लुमन्ति महर्जन
कृष्ण दाइः जब्बु महर्जन
शिक्षिकाः कृष्णा महर्जन
शिक्षकः रोनिक महर्जन
मीराः जल्लु लिम्बु
निर्देशकः केदार श्रेष्ठ