site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तिहारका सदावहार गीत, चलचित्रकै गीत अब्बल, संगीतमा शम्भुजितको वर्चश्व

काठमाडौं । तिहारको आफ्नै मौलिक परम्परा, संस्कार र शैली छ । हिन्दूहरुले पाँच दिन मनाउने तिहारबारे हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरूको अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो गरी मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको हो । यमुनाको व्यवहारले प्रशन्न भई यमराजले बहिनी यमुनालाई ‘जे मन लाग्छ वर माग’ भन्दा यमुनाले हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदीभाइ दाजु बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयु, कीर्ति सदा वृद्धि होस् भन्ने वरदान मागिन् । यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन का देखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ । तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले स्पष्ट पारेको छ । 
धार्मिक तथा पौराणिक रुपमा यसरी शुरु भएको तिहारलाई देउसी भैलोगीतले अझै सुनमा सुगन्ध थपेको छ । तिहार गीतभन्नेबित्तिकै केही गीत आम नेपालीको मस्तिष्कमा ठोक्किन आइपुग्छन् । यी गीतलाई सदाबहार तिहार गीतका रुपमा लिन सकिन्छ । 

‘तिहारै आयो, लौ झिलिमिली,
सुन हजुर भैलिनी आइन् आँगन...’

यो तिहार गीत बज्नेबित्तिकै तिहार आएको अनुभूति हुन्छ ।यो चलचित्र ‘स्वर्ग’ को गीत हो । यो चलचित्रलाई शम्भु प्रधानले निर्देशन गरेका थिए । चलचित्र ‘स्वर्ग’ लाई चिनाउने गीत पनि बन्न सफल भयो यो गीत । भिडियोमा नीर शाह, गौरी मल्ललगायतका कालाकार फिचर्ड छन् । 

यादव खरेलको शब्द रचना रहेको यो गीतको संगीतशम्भुजित बाँस्कोटाले गरेका हुन् । (जो अहिले पनि सांगीतिक क्षेत्रमै सक्रिय छन् ।) चलचित्रम तिहारको देउसी भैलो गीत राख्ने चलन भने पुरानै हो । ‘बदलिँदो आकाश’, ‘सम्झना’मा पनि देउसी र भैलो गीत समेटिएको थियो । 

अहिले बनिरहेका चलचित्रमा पनि देउसी भैलो गीत राख्ने गरेको पाइन्छ । तर पछिल्ला चलचित्रमा समेटिएका देउसी भैलो गीतमा स्व.श्रीकृष्ण श्रेष्ठको चलचित्र ‘कोहिनुर’को गीत निकै लोकप्रिय बनेको छ । 

‘ए हजुर यसपालीको 
तिहारै रमाइलो...’

स्वेता खड्का र श्रीकृष्ण श्रेष्ठ भिडियोमा फिर्चर्ड छन् । प्रमोद खरेल र अञ्जु पन्तले गाएको गीतको शब्द सुन्दर श्रेष्ठले लेखका हुन् । संगीत शम्भुजीत बाँस्कोटाले गरेका छन् । 
० ० ०
‘दियो बाली साँझको
फूल सजाई पूजाको...’

तिहारको अर्को सदाबहार गीत हो यो । चलचित्र ‘चिनो’ मा समेटिएको गीत पनि तिहारमा अधिकांशले सुन्छन् । तिहार गीत भन्नेबित्तिकै धेरैले सम्झने देउसी भैलो गीत हो यो ।
२०४८ सालमा निर्माण भएको यो चलचित्र प्रदर्शन भएयता यसको गीत हरेक तिहारमा बज्दै आएको छ । 
तुलसी घिमिरेले निर्देशन गरेको चलचित्रको यो गीतमा भारतीय गायिक आशा भोसलेले स्वर छ ।  निर्देशक घिमिरे स्वयम्ले लेखेको यो गीतमा रञ्जित गजमेरको संगीत छ ।

० ० ०

चलचित्र ‘विजयपराजय’ले पनि नेपाली सांगीतिक क्षेत्रलाई लोकप्रिय देउसी भैलो गीत दियो । यो चलचित्र निर्देशन राजेन्द्र सलभले निर्देशन गरेका थिए । 

‘निधारमा लर्काएर सप्तरंगी टीका,
हिँडिरहू सधैं तिमी शिखरको बाटो...’

कवि तथा गीतकार दिनेश अधिकारीले लेखेको यो गीतले भाइटीकाको महत्व दर्शाएको छ । शम्भुजित बाँस्कोटाको संगीत रहेको गीतमा हेमलताको स्वर छ । 

० ० ०

‘वर्षमा दिनैमा लै लै...’ 
यो गीत पनि अर्को लोकप्रिय पर्व गीत हो । सुगम पोखरेलको स्वरमा रहेको गीत दसैंको र तिहारमा बज्ने नयाँ गीतमा सबैभन्दा लोकप्रिय गीत हो । दसैं र तिहार दुवै पर्वलाई समेटेको  योग गीत रवी श्रेष्ठले लेखेका हुन् । गीतमा सुगम स्वयम्ले संगीत भरेका छन् । 

० ० ०
दाजु र बहिनीबीचको पारिवारिक मिठो सम्बन्धलाई तिहार र दसैंसँग जोडेर तयार पारिएको गीत हो,–

‘दाइ त मेरो लाहुर जाने...।’ 

युक्त गुरुङ र सावित्री शाहको स्वर रहेको यो गीतका शब्द दैवज्ञराज न्यौपानेले लेखेका हुन् । युक्त गुरुङले नै संगीत भरेको गीतमा दिदीभाइको सम्बन्धसँगै लाहुरेको कथा समेटिएको छ । 


० ० ०
तिहार होस् या दसैं । पर्व झल्किाउने थुप्रै गीत छन् । धार्मिक तथा पौराणिक कालखण्डका कथा भन्ने पर्वका गीतमा पनि गीतकारहरुले कतै सुटुक्क युवा उमेरका केटाकेटीमा बसेको मायालाई घुसाएका छन् भने कतै परिवारसँग छुट्टिएर परदेशिएको छोराको कथा । 

लाहुर गएको दाइले आफ्नी प्यारी बहिनीलाई ल्यााइदिने  फूलबुट्टे सारी होस् या त प्रेमिकालाई ल्याइदिने मायाको चिनो नै किन नहोस् गीतले समेटेका छन् । त्यसैलेयी गीतले आम संगीतप्रेमी नेपालीको मन जितेका छन् । तिहारकापुराना गीतमा शम्भुजित बाँस्कोटाले भने संगीतका एक छत्र राज गरेका छन् । उनीसँगै तुलसी घिमिरे पनि अग्रपंक्तिमा उभिएका श्रष्टा हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०७५  १०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro