site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कर्के नजर बोलको गीत सार्वजनिक 
NIC Asia
Global Ime bank

काठमाडौं ।  चर्चित गायिका मेलिना राई र युवा गायक जोसेफ शाही ठकुरीको आवाजमा ‘कर्के नजर’ बोलको गीत सार्वजनिक भएको छ । लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजिक भिडियोलाई हाईलाईट्स नेपालले बजारमा ल्याएको हो । काले दाई, कान्छी मट्याङ(ट्याङ जस्ता दर्जनौ गीतमा संगीत भरिसकेका चर्चित संगीतकार कोशिष क्षेत्रीको संगीत रहेको ‘कर्के नजर’मा वासुदेव नेपालको शब्द रहेको छ भने चर्चित एरेन्जर उदयराज पौडेलले संगीत संयोजन गरेका छन् । कृपा दृष्य स्टुडियोमा रेकर्ड गरिएको गीतलाई उज्वल स्रेयन महतले मिक्सिङरमास्टरिङ गरेका हुन्। सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतमा सृष्टि खड्का र सुवास तिमल्सिनाको अभिनय हेर्न सकिन्छ । भिडियो सम्पादन भन्दा निर्देशनमा व्यस्त निशान घिमिरेले ‘कर्के नजर’को भिडियो निर्देशन गरेका हुन् ।

बालाजु स्थित एन.एफ.डि.सी स्टुडियायोमा खिचिएको भिडियोलाई उत्सव दाहालले छायाँकन गरेका हुन भने बिकाश दाहालले सम्पादन गरेका छन् । डान्सिङ शैलीका गीतले राम्रो बजार पाईरहेको अवस्थामा सोही शैलीलाई ‘कर्के नजर’को भिडियोमा केही फरक तरिकाले प्रस्तुत गर्न खोजिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २४, २०७५  ०६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu