राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निवर्तमान महामन्त्री मुकुल ढकाललाई अन्तिम एक पटक स्पष्टीकरण सोध्ने भएको छ ।
बुधबार बसेको केन्द्रीय समिति बैठकले साधारण सदस्यबाट कारबाही किन नगर्ने भनेर अन्तिम एकपटक स्पष्टीकरण सोध्ने भएको हो ।
रास्वपाले गत साउन ३० मा साधारण सदस्यबाट किन निष्कासित नगर्ने भन्दै स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफ मुकुलले साउन ३१ गते दिइसकेका छन् । उनले जवाफ सामाजिक सञ्जालमा पनि राखेका छन् ।
बैठकमा स्थानीय तह उपनिर्वाचनमा भाग लिने समझदारी भएको छ । यसको निर्णय भने अर्को बैठक बसेर गर्ने जनाएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१ १२:२०
प्रतिक्रिया दिनुहोस्