site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कसले दियो त्रिविका पदाधिकारीलाई धम्की ? सुरक्षा ‘थ्रेट’को विषय के हो ?
SkywellSkywell

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बुधबार बिहानै सामाजिक सञ्जालमा लेखिन् “...सिंगो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु ।”

उनले त्रिविका पदाधिकारीमाथि केही दिनदेखि हमला गर्न खोजिएको भन्दै सुरक्षा माग गरेकी छिन् । उनले लेखेकी छन्, ‘‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेका कारण सिंगो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु । गुण्डागर्दी गर्ने छुट कसैलाई छैन । यस्तो क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई कारबाही गर्नसमेत म गृह मन्त्रालयलाई गम्भीरताका साथ अनुरोध गर्दछु ।’’ 

एकाबिहानै शिक्षामन्त्रीले आफू मातहतका पदाधिकारीहरूको सुरक्षा माग गर्दै सामाजिक सञ्जालमा हारगुहार गरेपछि अनेक कोणबाट टिप्पणी गरिएको छ । 

Dabur Nepal
NIC Asia

कतिपयले शिक्षामन्त्रीको यो ‘पोष्ट’लाई लिएर तत्काल छानबिन र कारबाही प्रक्रिया अघि बढाउनुको साटो सामाजिक सञ्जालमा लेखेको भन्दै यसलाई  शिक्षामन्त्रीको आलोकाँचोपनको संज्ञा दिएका छन् । 

यसको जवाफमा मन्त्री भट्टराईले दोस्रो पोष्टमा स्पष्ट पारेकी छिन्, “मैले सार्वजनिक अपिल गर्नुपर्ने भएर नै गरेकी हुँ, कुनै आवेगमा आएर लेखेकी होइन ।”

उनले यस विषयमा लगातार पाँच दिनदेखि सम्पर्क र समन्वय गरिरहेको पनि जानकारी दिएकी छन् । मन्त्री भट्टराईले उठाएको यो विषय नौलो भने पक्कै होइन । त्रिविका पदाधिकारीलाई विभिन्न संघ–संगठनबाट सुरक्षा ‘थ्रेट’ रहेको खबर विगत एक सातायता चर्चामा छ । 

गएको साउन ३२ गते त्रिविले शिक्षामन्त्रीलाई पत्राचार गर्दै आवश्यक सुरक्षा प्रबन्ध मिलाइदिन माग गरेको थियो । रजिष्ट्रार केदारप्रसाद रिजालको पत्रमा, त्रिविका पदाधिकारी र केन्द्रीय कार्यालयको सुरक्षा चुनौती बढेको र असुरक्षा महसुस गरेको उल्लेख छ ।

कसले दियो धम्की ? के भन्छन् पदाधिकारी ? 
शिक्षामन्त्रीले इंगित गरेका मुख्य पदाधिकारी त्रिविका रजिष्ट्रार केदारप्रसाद रिजाल र रेक्टर खड्ग केसी हुन् । समाजशास्त्र विभाग प्रमुख नियुक्ति प्रक्रिया कारण उनीहरूमाथि धम्की आएको खबर विगत केही दिनयता लगातार आइरहेका छन् ।

शिक्षामन्त्रीको सचिवालयका अनुसार, त्रिविले सुरक्षा माग गर्दै पत्र बुझाए पनि कसले के सन्दर्भमा धम्की दिएको भन्नेबारे उल्लेख गरिएको छैन ।

तर, सुरक्षा निकाय, गृह मन्त्रालय र पदाधिकारी स्वयम्को भनाइ हेर्दा बाहिर हल्ला भएजस्तो गम्भीर सुरक्षा थ्रेटको अवस्था नभएको बुझिन्छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई शिक्षा मन्त्रालयबाट बुधबारसम्म लिखित पत्र आएकोबारे आफूलाई जानकारी नभएको बताउँछन् । 

“त्रिवि पदाधिकारीलाई असुरक्षा भएको भन्ने सुनेपछि गृहले प्रहरीलाई बुझ्न पठाएको थियो, तर प्रहरीले खासै त्यस्तो सुरक्षा ‘थ्रेट’ महसुस गरेन, गृहले निर्वाध रूपमा काम गर्न त्रिविलाई भनेको छ,” उनले बाह्रखरीसित भने । 

कुनै पनि सुरक्षा चुनौती भए तत्काल कानुनअनुसार कारबाही हुने भट्टराई बताउँछन् । काठमाडौं प्रहरी परिसरले त्रिवि क्षेत्र र पदाधिकारीका कार्यकक्ष वरपरमा निरन्तर सुरक्षा दिइरहेको जनाएको छ । प्रहरी परिसर प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार, त्रिविमा आवश्यक सुरक्षा दिइरहेको र पदाधिकारीहरूसँग पनि निरन्तर सम्पर्क गरिएको छ । 

“व्यक्तिगत रूपमा उहाँहरूलाई कतैबाट धम्की आएको जानकारी छैन, प्रहरी वृत्त कीर्तिपुरका डीएसपीको नेतृत्वमा सुरक्षा टोली खटाएका छौँ,” प्रवक्ता अधिकारीले बाह्रखरीसित भने । 

त्रिविका रजिष्ट्रार केदारप्रसाद रिजाल आफूलाई व्यक्तिगत रूपमा कतैबाट धम्की नआएको बताउँछन् । तपाईंलाई कही कतैबाट सुरक्षा ‘थ्रेट’ भएको हो ?’ बाह्रखरीको प्रश्नमा उनले भने, “त्यस्तो ठूलो कुरा केही होइन, सामान्य विषय हो,” उनले भने । तर, रिजालले यसबारे धेरै बताउन चाहेनन् ।  

त्यसो त, त्रिविमा यसअघि पनि विभागीय प्रमुख तथा पदाधिकारीहरूमाथि धम्की, गालीगलौजदेखि निर्घात कुटपिटसम्मका घटना नभएका होइनन् । यसअघिका समाजशास्त्र विभाग प्रमुख युवराज लुइँटेलमाथि २०८० वैशाख १३ गते कार्यकक्षमा भौतिक आक्रमणको प्रयास भएको भिडियो सार्वजनिक भएको थियो ।

उनै विभागीय प्रमुख लुइँटेलको कार्यकाल साउन ३२ गते सकिएसँगै नयाँ विभागीय प्रमुख नियुक्तिबारे विवाद देखिएको त्रिविका अधिकारीहरू बताउँछन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu