site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेलाई ९५ संस्थाको अभिनन्दन

काठमाडौं । विगत ६० वर्षभन्दा अघिदेखि साहित्यिक पत्रकारितामा सक्रिय अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेलाई उनको ८४औँ जन्मोत्सवको अवसर पारेर नेपाल स्रष्टा समाज, भैरव पुरस्कार गुठीसहित करिब ९५ वटा संस्थाले सार्वजनिक रूपमा अभिनन्दन गरेको छ ।  

सोमबार प्रज्ञा प्रतिष्ठानमा समाजको आयोजन तथा गुठीको सह आयोजनमा सम्पन्न बृहत् समारोहमा घिमिरलाई कलात्मक ताम्रपत्रसहित अभिनन्दन गरियो । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. अभि सुवेदी लगायतका अग्रज व्यक्तित्वले घिमिरेलाई अभिनन्दन गरे । उक्त अवसरमा घिमिरे पत्नी सुष्मिता घिमिरेको पनि उपस्थिति थियो ।

Argakhachi Cement Island Ad

सोही अवसरमा अभिनन्दनग्रन्थ ‘रोचक रचना’ पनि सार्वजनिक गरियो । ‘रचना’ बितेको ६३ वर्षदेखि घिमिरेको सम्पादनमा प्रकाशित हुँदै आइरहेको साहित्यिक द्वैमासिक पत्रिका हो ।

प्रा.डा. सुवेदीले साहित्यको अथक साधना गर्ने व्यक्तिलाई समाजले सार्वजनिक रूपमा सम्मान गर्ने रहेछ भन्ने यस समारोहले देखाएको बताए ।

प्रा.डा. गोविन्दराज भट्टराईले रचना पत्रिकासँगका केही स्मृतिको चर्चा गर्दै शुभकामना दिए ।अभिनन्दित व्यक्तित्व घिमिरेले रहरै रहरले थालेको रचना साहित्यिक पत्रिका आज इतिहास बनेकोमा खुसी व्यक्त गरे ।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १८:०६
प्रतिक्रिया दिनुहोस्