site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ट्रकले यसरी लछार्दै लगेको थियो गट्ठाघरमा स्कुटर
SkywellSkywell

काठमाडौं । ओखलढुंगाका उत्तम कोइरालाले चलाइरहेको स्कुटरलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा बिहीबार भक्तपुरको गट्ठाघरमा दुर्घटना भएको सीसीटीभी फुटेजमा देखिएको छ ।

बाह्रखरीलाई दुर्घटनास्थल नजिकै रहेको चिकेन स्ट्रङबाट प्राप्त सीसीटीभी फुटेजमा ट्रकले अघिअघि हिँड्दै गरेको स्कुटरलाई लछार्दै अघि बढेको देखिन्छ ।

बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको स्थानमै बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई सोही दिशामा पछि रहेको ना६ख २१७३ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको थियो ।

Dabur Nepal
NIC Asia

 

दुर्घटनामा मृत्यु भएका उत्तम सहिद महेश कोइरालाका भाइ भएको खुलेको छ । ओखलढुंगाको चिंखुगढी छहरेका उत्तम कोइरालाका दाजु महेश कोइराला २०३१ सालमा कांग्रेसले थालेको सशस्त्र आन्दोलनका क्रममा राज्य पक्षबाट मारिएका थिए । 

नेपाली कांग्रेसको इतिहासमा टिम्मुरबोटे काण्डका रुपमा चिनिने त्यो घटनालाई नेपालको इतिहासमा भने ओखलढुंगा काण्ड भनेर चिनिन्छ ।  राति गुफामा बास बसेको कांग्रेसको मुक्ति सेनालाई घेरा हालेर मारिएको थियो । टिम्बुरबोटे काण्डमा महेश कोइरालासहित १९ जना मारिएका थिए ।

त्यसबेला मारिएका सहिद परिवारका सदस्यका भाइ उत्तम कोइरालालाई गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा बिहीबार घटनास्थलमै मृत्यु भएको थियो ।  उनको शव शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ । मृतकका आफन्तले दुर्घटनाको छानबिनका लागि समिति नबन्दासम्म शव नबुझ्ने अडान लिएका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu