site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गृहमन्त्रीको प्रश्न–गट्ठाघर घटनामा प्रहरीको गल्ती कति छ ?
SkywellSkywell

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न निर्देशन दिएका छन् । 

गृहमन्त्री लेखकले गम्भीरतापूर्वक दुर्घटनाको कारण खोज्न प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई निर्देशन दिएका हुन् । 

“गठ्ठाघरको दुर्घटनामा के भएको हो, दुर्घटना हुनुमा कसैको गल्ती छ कि छैन, यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि ? यसको गम्भीरतापूर्वक छानबिन गर्नुहोस्,” गृहमन्त्री लेखकले निर्देशन दिए । 

Dabur Nepal
NIC Asia

बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोकनजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो । ना ६ ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरेको छ । 

बिहीबार अपराह्न १ः४० बजेतिर भक्तपुरको गठ्ठाघरमा रुखको आडमा बसेर ट्राफिक प्रहरीले राडार गनमार्फत सवारीको गति मापन गरिरहेको थियो । 

करिब ६० मिटर पर बसेका ट्राफिक प्रहरीले अचानक ५० किलोमिटर प्रतिघण्टाको गतिभन्दा बढीमा आएको भन्दै बा३९प ८९४४ नम्बरको स्कुटरलाई बीच सडकमा रोक्न लगाए, स्कुटर रोकियो । 

सडकमा अचानक स्कुटर रोकिएपछि पछाडिबाट आएको ना६ख २१७३ नम्बरको मालबाहक ट्रकले स्कुटरलाई ठक्कर थियो । तीव्र गतिको ट्रकले स्कुटरलाई ठक्करमात्र दिएन, झन्डै एक सय मिटर परसम्म घिसारेर लग्यो । स्कुटर चालकको शरीर क्षतविक्षत बन्यो । दुर्घटना हुनबित्तिकै मानिस जम्मा भए । त्यो भिड आक्रोशित र एकत्रित भयो । ट्रक चालक तत्काल फरार भए । चालक फरारसँगै आक्रोशित भिड प्रहरीमाथि खनियो ।

ट्राफिक प्रहरीले सडकमा जथाभाबी ‘स्पिड चेकिङ’ गरेका कारणले दुर्घटना भएको भन्दै भिड ट्राफिक प्रहरीमाथि नै जाइलाग्यो । सडकमा गति मापन गर्न बसेका ट्राफिक प्रहरीको भागभाग भयो । आक्रोशित भिडले ट्रक तोडफोडसँगै आगजनीको प्रयाससमेत गर्‍यो । त्यसपछि आक्रोशित भिड र प्रहरीबीच ढुंगा हानाहान भयो । स्थिति निकै तनावग्रस्त बन्यो ।

केही प्रदर्शनकारी र केही प्रहरी घाइते भए । प्रहरीले प्रर्दशनकारीमाथि लाठीचार्ज गर्‍यो । स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले अश्रु ग्यास प्रहार गर्‍यो ।

तनावकाबीच प्रहरीले शव झिक्न निकै प्रयास गर्‍यो । टायरमुिन शव परेकाले तान्दा पनि आएन । त्यसपछि क्रेन ल्याएर शव झिक्न खोज्दा आक्रोशित भिडले अवरोध गरेपछि स्थिति पुनः तनावग्रस्त भयो ।

भिड नियन्त्रणका लागि भक्तपुरका ११८ जना प्रहरी, काठमाडौंबाट आएका १३० जना प्रहरी र सशस्त्रका १२३ जना परिचालन भएको प्रहरीले जनाएको छ । घटनापछि आक्रोशित भिडले प्रहरी बिट, ट्राफिक आइरल्यान्ड र प्रहरीका विभिन्न सामग्री तोडफोड गरे । 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले पाँच घण्टापछि शव निकालेर सडक खुलाइएको जानकारी दिए । भिड नियन्त्रणमा लिन सशस्त्र प्रहरीले आठ राउन्ड र नेपाल प्रहरीले २२ राउन्ड अश्रु ग्यास प्रहार गरेको जानकारी प्रजिअ श्रेष्ठले बताए ।

घटनाको छानबिन सुरु भइसकेको जानकारी दिँदै उनले सडकमा राखिएको फलामे बोर्डका कारण सीसी क्यामेरामा दुर्घटनाको दृश्य हेर्न समस्या आएको बताए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  ०८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu