site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'सिधा कुरा'को फेक अडियो प्रकरणका अभियुक्त राजकुमार तिमल्सिना पक्राउ

काठमाडौं । 'सिधा कुरा'ले प्रसारण गरेको फेक अडियो बनाएको आरोप लागेका राजकुमार तिमल्सिना पक्राउ परेका छन् । उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले बुधबार साँझ काठमाडौंबाटै पक्राउ गरेको एसपी अंगुर जीसीले जानकारी दिए ।

तिमल्सिनाले बनाएको अडियोलाई 'सिधा कुरा' अनलाइनले ‘द डार्क फाइल’ नाम दिएर प्रसारण गरेको थियो । जसमा सर्वोच्च अदालतका न्यायाधीशसमेत संलग्न भएर भ्रष्टाचारका मुद्दा खारेज गर्ने सेटिङ गरेको दाबी गरिएको थियो ।

सर्वोच्चकै आदेशमा 'सिधा कुरा'मा प्रसारित सामग्रीमा प्रयोग भएको अडियो फरेन्सिक परीक्षणबाट फेक प्रमाणित भएको थियो ।

'सिधा कुरा' मिडियाविरुद्धको अदालतको अवहेलना मुद्दामा भोलि फैसला हुने तय भएको छ ।

सीआईबीले डीआईजी नबिन्द अर्यालको नेतृत्वमा बनाएको अनुसन्धान टोलीले सिधा कुरामा प्रसारित अडियो फेक भएको निष्कर्ष निकालेको थियो ।

बाह्रखरीलाई प्राप्त प्रतिवेदनमा भनिएको छ, “सिधाकुरा मिडिया नेटवर्क प्रालिलाई उक्त अडियो क्लिप उपलब्ध गराउने राजकुमार तिमिल्सिनाले उक्त अडियो क्लिप मिति २०७७ चैत ३० गते १७:०० बजेदेखि १८:०० बजेको बीचमा काठमाडौं जिल्ला तीनकुनेस्थित अन्नपूर्ण पोष्टको प्रधान कार्यालय रहेको भवनमा अधिवक्ता किशोरकुमार विष्टलगायतका व्यक्तिहरुको उपस्थितिमा रेकर्ड गरेको भन्ने व्यहोरा छानबिनको क्रममा प्राप्त हुन आएको अडियो फाइलको प्राविधिक परीक्षण, उक्त अडियो क्लिपमा आवाज रहेको तथा उक्त अडियो क्लिप रेकर्ड गर्दा उपस्थित रहेको भनी खुल्न आएका व्यक्तिहरुको घटना विवरण कागज, सम्मानित सर्वोच्च अदालतबाट प्राप्त हुन आएको मोबाइल फोनको प्राविधिक परीक्षण प्रतिवेदनसमेतको आधारमा नदेखिएको ।”

प्रतिवेदनअनुसार उक्त अडियो फेक भएको हुँदा विद्युतीय कारोबार ऐन, २०६३ को परिच्छेद ९, कम्प्युटरसम्बन्धी कसुर, दफा ४७ मा विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने, मुलुकी अपराध–संहिता, २०७४ को परिच्छेद ४, सार्वजनिक न्यायविरुद्धका कसूर दफा ८९ मा झूठा प्रमाण बनाउन नहुने र मुलुकी अपराध संहिता, २०७४ परिच्छेद १०, भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसूर, दफा १६८ मा अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने कानुन आकर्षित हुने उल्लेख गरिएको छ ।

सिधा कुराले वैशाख ५ गते बेलुका ८ बजेर २५ मिनेट जाँदा इमेलमार्फत् प्राप्त गरेको प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनअनुसार सोही दिन बिहान ६ बजे त्यही मोबाइलमा एउटा अडियो रेकर्ड भएको पाइएको छ ।

सिधा कुरामा इमेल प्राप्त भएको करिब १५ मिनेटपछि डाउनलोड गरेको पाइएको छ । १९ एमबीको उक्त अडियो कहिले कुन मितिमा रेकर्ड गरियो भन्ने अझै पत्ता लाग्न सकेको छैन ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  २०:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro