site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी प्रेदश सभामा तीन विधेयक दर्ता, संसदीय समितिको बैठक नियमित

विराटनगर । कोसी प्रदेश सभामा तीन विधेयक दर्ता भएका छन् । प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक, केही प्रदेश ऐनको साविकको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश कृषि व्यवसाय प्रवर्धन अनुदान ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक दर्ता गरिएको कोसी प्रदेश सभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री हिक्मत कार्कीले पनि प्रदेश सभा बैठक नियमित सञ्चालन गर्न सरकारले प्रशस्तै बिजनेस दिने दाबी गरे । “दसैँ अगाडिसम्म कम्तीमा सातवटा विधेयक सभामा लैजाने हाम्रो तयारी छ,” उनले भने ।

गत असार ८ गते अर्को सूचना नभएसम्मका लागि प्रदेश सभा बैठक स्थगित गरिएको थियो । प्रदेश सभा बैठक यही भदौ १४ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

सरकारमा कांग्रेस सामेल हुन ढिलाइ भएका कारण सभाको बैठक नियमित हुन नसकेको भन्दै टिप्पणी हुन थालेपछि बैठक बोलाइएको हो । प्रदेश सभा सचिवालयका सूचना अधिकारी निरज ढकालले सभालाई तत्काल चाहिने बिजनेस तीनवटा विधेयकबाट परिपूरण भएको बताए । 

समितिको बैठक नियमित
सभाको गतिविधि ठप्प भए पनि यस अवधिमा संसदीय समितिका बैठकहरू नियमितजस्तै सञ्चालन भएको सचिवालयले जनाएको छ । 

साउन ३१ गते सार्वजनिक लेखा समिति, मंगलबार प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समिति र बुधबार सुशासन समितिको बैठक बसेको छ । यसैगरी, पर्सि (शुक्रबार) सामाजिक विकास समितिको बैठक डाकिएको सचिवालयले जनाएको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  २०:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro