site stats
बाह्रखरी :: Baahrakhari
विशेष
आँखा किन फर्फराउँछ ?

आँखा फरफराउनुलाई कुनै घटना वा खबर प्राप्तिको संकेतको रुपमा लिने गरिन्छ । आँखाको फरफराई पनि महिला र पुरुषमा अलग अलग तरिकाले विश्वास गरिन्छ । कुनै समाजमा पुरुषमा दाहिने आँखा फरफरायो भने शुभ समाचारको सूचक मानिन्छ भने बायाँ आँखा फरफरायो भने अशुभ समाचारको सूचक मान्ने गरिन्छ । महिलामा भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचकका रुपमा लिने गरिन्छ । तर, यो पूर्णत वैज्ञानिक कारणसँग जोडिएको कुरा हो । यसमा आँखाको परेला फरफराउँछ । यो फरफराई केही सेकेण्डसम्म या केही घण्टासम्म जारी रहन्छ । आखाँ फर्फराउने मुख्य कारण यस्ता छन् ।

एलर्जी : आँखाको एलर्जी हुने, रातो हुने, सुन्निने या आँसु बढी आउने मानिसको आँखा फर्फराउँछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आँखा दुखाई  : दृष्टिसँग सम्बन्धित तनावले पनि आँखाको परेला फर्फराउँछ । आँखालाई बढी तनाव हुने गरी काम गर्दा यस्तो हुन सक्छ ।

तनाव: जब हामी कुनै तनावमा हुन्छौं, हाम्रो शरीरले विभिन्न तरिकाले प्रतिक्रिया जनाउँछ । आँखा फर्फराउनु पनि तनावको एउटा भाग हुन सक्छ । तनावलाई कम गर्नु नै आँखा फर्फराउन रोक्ने उपाय हो ।

क्याफिन र अल्कोहल : विज्ञहरुका अनुसार क्याफिनको प्रयोग (चिया, कफी) बढीमात्रामा प्रयोग  गरिएमा र अल्कोहल बढी सेवन गरेमा आँखा फरफराउने समस्या देखिन्छ ।
सुख्खा आँखा  : कम्प्युटरको बढी प्रयोग गर्ने, एन्टिहिस्टामिन या एन्टिडिप्रेसान्टका औषधि बढी प्रयोग गर्ने, कन्ट्याक्ट लेन्स प्रयोग गर्ने, क्याफिन र अल्कोहल प्रयोग गर्नेहरुमा सुख्खा आँखाको समस्या हुन्छ । यस्ता व्यक्तिका आँखा बढी फर्फराउँछ ।

पोषकतत्वको असन्तुलन :  म्याग्नेसियमजस्ता केही पोषक तत्वको कमी हुँदा पनि परेला फर्फराउँछ । यद्यपि यो कुरा अहिलेसम्म वैज्ञानिक रुपमा पुष्टि हुन सकेको छैन । 

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी, काठमाडौं ।

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७३  १६:५७
प्रतिक्रिया दिनुहोस्