site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बुटवल पावर कम्पनीको नाफा ५९ प्रतिशतले गिरावट
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बुटवल पावर कम्पनी लिमिटेड(बीपीसी) को नाफा ५९ प्रतिशतले घटेको छ । 
चालु आवको असोजसम्म बीपीसीले २ करोड १५ लाख रुपैयाँ मात्र नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा उसको नाफा ५ करोड ३० लाख रुपैयाँ नाफा थियो । गत आवमा बीपीसीको कुल नाफा २१ करोड ७८ लाख रुपैयाँ थियो । झिम्रुक आयोजनालाई बाढीले क्षतिग्रस्त बनाएको र समयमा मिटर रिडिङ नभएका कारण र आँधिखोला आयोजनाबाट हुने आम्दानी घटेपछि गत आवको तुलनामा पहिलो त्रैमाशमा नाफा घटेको बीपीसीले जनाएको छ । बीपीसीको प्रतिसेयर आम्दानी १.२ रुपैयाँ छ । 
बीपीसीले ३७.६ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत् आयोजना निर्माण गर्दै छ । 
 
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३  १७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro