site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सेयर बजार घट्यो, नागबेली माइक्रोफाइनान्सको सेयर मूल्य ५ हजार पुग्यो
काठमाडौं । आइतबारदेखि बढ्न थालेको सेयर बजार मंगबार घटेको छ ।
मंगलबार बजार घटेर ४ अंक घटेर १ हजार ७०२ अंकमा सिमित भएको छ । मंगलबार उत्पादनमुलक र विकास बैंकको सेयर मूल्य बढेको छ भने बैक, होटल, जलविद्युत् र विमाको सेयर मूल्य घटेको छ । मंगलबार ८० करोड ९८ लाख रुपैयाा बराबरको सेयर किनबेच भएको छ । मंगलबार सबैभन्दा बढी एभरेष्ट बैंकको सेयर कारोबार भएको छ । एभरेष्टको प्रतिकित्ता ३ हजार ७०६ मा १७ करोड ३४ लाख ५८ हजार १९० कित्ता सेयर किनबेच भएको छ । 
मंगलबार युनिलिभर नेपाल लिभिटेडका लगानीकर्ताले कमाएका छन् । युनिलिभरको सेयर मूल्य ४४५ रुपैयाँ बढेर ३० हजार १ सय रुपैयाँ पुगेको छ । यस्तै किसान माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडको १५५ बढेर ४ हजार ७५, नागवेली लघुवित्त विकास बैंकको १८६ रुपैयाँ बढेर ५ हजार रुपैयाँ पुगेको छ ।
यस्तै बोटलर्स नेपाल तराई लिमिटेड, मिथिला माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र राष्ट्रिय बिमा कम्पनी लिमिटेडका लगानीकर्ताले गुमाएका छन् । सबैभन्दा बढी राष्ट्रिय विमाका लगानीकर्ताले ६ सय रुपैयाँ घटेर १३ हजार ५ सय ८० रुपैयाँमा सिमित भएको छ । बोटलर्सको २८० रुपैयाँ घटेको छ ।
 
 
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro