अर्थ व्यवसाय
काठमाडौं । नबिल बैंंक फ्रस्ट एन्ड सलिभनद्वारा प्रदान गरिएको ‘बेस्ट प्राक्टीसेज अवार्ड : २०१६ को उत्कृष्ट वित्तीय संस्था’ बाट सम्मानित भएको छ । पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले बैंकका प्रमुख जोखिम अधिकृत अनिलकुमार खनाललाई उक्त पुरस्कार प्रदान गरेको हुन् ।
कार्यक्रममा खनालले प्रतिष्ठित पुरस्कार प्राप्त गर्नु बैंकको लाीग गौरवको बिषय भएको बताए । सोही अवसरमा उनले नबिल बैंक देशकै पहिलो निजीक्षेत्रको संयुक्त लगानीमा स्थापित बैंक भएकाले नेपालमा आधुनिक बैकिङ प्रणालीका निम्ति अग्रणी भुमिका खेलेको दाबी गरे ।
नबिल बैंक २०१६ मा नै ‘उत्कृष्ट वित्तीय संस्था’ बाट सम्मानित भएको यो दोस्रो पटक हो । बैंंकले अगष्ट १९, २०१६मा ‘तेस्रो न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१६’ मा ‘सर्वोतकृष्ट वाणिज्य बैंक’ सम्मान प्राप्त गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३ १५:२८
प्रतिक्रिया दिनुहोस्