site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
राष्ट्रिय व्यावसायिक पहलको दसौं वार्षिक साधारण सभा सम्पन्न : अध्यक्षमा पद्म ज्योती निर्वाचित
काठमाडौं ।  राष्ट्रिय व्यावसायिक पहलको दसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले अध्यष पद्म ज्योतीको अध्यक्षमा नयाँ कार्य समिति चुनिएको छ । 
साधारणसभाले ज्योती समूहका अध्यक्ष पद्म ज्योतिलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ भने उपाध्यक्षमा कुश कुमार जोशी, महासचिवमा सुरेन्द्रवीर मालाकार र कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् । त्यसैगरी सचिवद्वयमा सुरेश प्रधान र सरोजप्रसाद पाण्डे तथा सह कोषाध्यक्षमा सांसद् उमेश श्रेष्ठ निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यहरुमा डा बाबुराम पोखरेल, एलपी साँवा लिम्बु, गोपीकृष्ण न्यौपाने, बच्चुनारायण श्रेष्ठ, दीपक मल्होत्रा, राजेश खड्का, अरनिको राजभण्डारी, जयराम लामिछाने, होमनाथ उपाध्याय, उमेशलाल श्रेष्ठ, राजेशबाबु श्रेष्ठ, शिवप्रसाद घिमिरे, रविन्द्र मान सिंह र लता प्याकुरेल निर्वाचित भएका छन् । साधारणसभामा ऐतिहासिक गतिविधिहरुको विवरण समेतिएको एनबीआईः अडिकेटस् जर्नी विमोचन भएको थियो । नवनिर्वाचित कार्यसमितिले पुनःनिर्माण भइरहेको मनकामना मन्दिरको पनि निरीक्षण गरेका थिए । 
नेपालमा असल व्यावसायिक अभ्यास प्रवद्र्धनलाई अझ सशक्त बनाउन दोस्रो जिम्मेवार व्यवसाय सम्मेलनको आयोजना गर्ने तथा जिम्मेवार व्यवसाय सम्बन्धी कानूनहरुको कार्यान्वयन गराउन पहल गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ । जिम्मेवार आर्थिक विकासको माध्यमबाट शान्त र समृद्ध नेपालको निर्माण गर्ने दूरदृष्टिका साथ राष्ट्रिय व्यावसायिक पहलको स्थापनासन् २००५ मा भएको थियो । 
“निजी क्षेत्रको संस्थागत सामाजिक उत्तरदायित्वलाई प्रवद्र्धन गर्ने कानूनहरु जस्तै आर्थिक वर्ष २०७३÷७४ को मौद्रिक नीति र केही समय अघि संसद्बाट पारित औद्योगिक व्यवसाय ऐन २०७३ को विधेयकका केही पक्षहरुमा स्पष्टता जरुरी छ भने उद्योगी व्यवसायीहरुलाई पनि यस विषयमा प्रशिक्षण अत्यावश्यक भएकोले यस सम्बन्धी थप कामहरु गर्नेछौं” पहलका अध्यक्ष पद्म ज्योतिले भने । 
नवनिर्वाचित उपाध्यक्ष कुशकुमार जोशीले भने “नेपालमा औद्योगिक वातावरण बन्न नसकेको कारण उद्योगमा भन्दा व्यापारमा बढी लगानी आकर्षण देखिएको छ । औद्योगिक वातावरण निर्माण गर्न निजी क्षेत्रको प्रयासलाई थप सशक्त बनाउने तर्फ केन्द्रित भई हामीले कार्यक्रमहरु सञ्चालन गर्नेछौं ।”
पहलका महासचिव सुरेन्द्रवीर मालाकारले भने “भूकम्प र नाकाबन्दी पश्चात लगानी गर्ने वातावरण तहसनहस भएको छ । राजनीतिक उतार चढावले पनि अर्थतन्त्रलाई नराम्ररी असर गरेको छ  । यस्तो प्रतिकूल परिस्थितिमा उद्योगी व्यवसायीहरुलाई टेवा दिने र मनोबल वृद्धि हुने किसिमका कार्यक्रम ल्याउनेछौं ।”
साधारणसभामा महासचिव सुरेन्द्रवीर मालालकारले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सुकुन्तलाल हिराचनले लेखापरीक्षको प्रतिवेदन सहित आर्थिक विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, प्याब्सन लगायत चार दर्जन भन्दा बढी व्यावसायिक संघ संस्था तथा उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।
 
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro