site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत अधिकांश उत्पादनमूलक उद्योगको लामो समयदेखि सेयर कारोबार नभएको पाइएको छ ।
नेप्सेमा १९ कम्पनी सूचीकृत भए पनि ५ वटाको मात्र सेयर कारोबार हुने गरेको छ । लामो समयदेखि १४ कम्पनीको कारोबार भएको छैन । सूचीकृत मध्ये आधा दर्जनभन्दा बढी कम्पनी बन्द भइसकेका छन् । नेप्सेमा बोटलर्स नेपाल बालाजु लिमिटेड, बोटलर्स नेपाल तराई लिमिटेड, नेपाल ल्युव आयल लिमिटेड, हिमालयन डिस्टीलरी लिमिटेड र युनिलिभर नेपाल लिमिटेडको मात्र सेयर कारोबार हुने गरेको छ । नेपालको पुँजी बजारमा उत्पादनमूलक क्षेत्रको प्रवेश ज्यादै न्यून भएको र भएका पनि केही उद्योग बन्द र केहीको लामो समयदेखि सेयर कारोबार नभएको पाइएको छ । 
बहुराष्ट्रिय कम्पनी युनिलिभरको सेयर सबैभन्दा महँगो छ । उसको सेयर मूल्य प्रतिकित्ता २९ हजार ६५५ रुपैयाँ छ । यस्तै अर्को बहुराष्ट्रिय बोटलर्स बालाजुको सेयर १ हजार ६६० रुपैयाँ छ । बोटलर्स तराईको सेयर मूल्य ५ हजार २८० रुपैयाँ छ । नेपाल ल्युवको २१३, हिमालयन डिस्टीलरीको ४९५ रुपैयाँ छ । 
नेप्सेमा सूचीकृत भएर सेयर कारोबार नगर्ने कम्पनीमा विराट सु लिमिटेड, अरुण वनस्पत्ति घिउ उद्योग लिमिटेड, खाद्य उद्योग लिमिटेड, नेपाल विटुमिन एन्ड व्यारेल उद्योग लिमिटेड, बुटबल स्पिनिङ मिल्स लिमिटेड, फलोर हिमालयन लिमिटेड, गोरखकाली रबर उद्योग लिमिटेड, हरिसिद्धि इँटा तथा टायल कारखाना लिमिटेड, ज्योत्ति स्पिनिङ मिल्स लिमिटेड, रघुपति जुट मिल्स लिमिटेड, भृकुटी पल्प एन्ड पेपर नेपाल लिमिटेड, श्रीराम सुगर मिल्स लिमिटेड रहेका छन् । यीमध्ये बुटबल, हरिसिद्धि, ज्योति, भृकुटीलगायत आधा दर्जन कम्पनी बन्द भइसकेका छन् । 
सूचीकृत कम्पनी औपचारिक रूपमा खारेज वा विघटन भएको जानकारी नपाएकाले सुचीमा राखेको नेप्सेका सहप्रवक्ता मुराहरि पराजुली बताउँछन् । सेयर र दायित्वलगायत सम्पूर्ण पक्षको फरफारक नभएसम्म कम्पनीहरु कानुनी रूपमा जिवित रहेकाले सूचीबाट नहटाइएको उनले स्पष्ट पारे । उनका अनुसार सूचीकृतमध्ये अधिकांश कम्पनी बन्द अवस्थामा छन् । 
पुँजी बजारमा बैंक, वित्त र बिमाको क्षेत्रका अतिरिक्त होटल र जलविद्युत क्षेत्रको बढी सेयर कारोबार हुने गरेको छ । 
जलविद्युत्का ९ कम्पनी सूचीकृत 
नेप्सेमा हालसम्म जलविद्युत समूहअन्तर्गत ९ कम्पनी सूचीकृत भएका छन् । अधिकांश कम्पनीको सेयर मूल्य र प्रतिफल राम्रो रहेको छ । सबैभन्दा बढी सेयर मूल्य चिलिमे हाइड्रोपावर लिमिटेडको छ । चिलिमेको सेयर मूल्य १ हजार १९८ रुपैयाँ छ भने सबैभन्दा कम सेयर मूल्य नेसनल हाइड्रोपावर लिमिटेडको छ । नेसनलको सेयर मूल्य १६६ रुपैयाँ छ । 
नेप्सेमा सूचीकृत अन्य जलविद्युत कम्पनीमा अपी पावर लिमिटडे, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, बरुण हाइड्रोपावर लिमिटेड, सानिमा माई हाइड्रोपावर लिमिटेड, न्याग्दी ग्रुप पावर लिमिटेड, रिडी हाइड्रोपावर डेभलपमन्ेट कम्पनी लिमिटेड र बुटबल पावर कम्पनी लिमिटेड छन् । 
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro