site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्यान सल्लाहकार समितिको संयोजकमा विनयराज पाण्डे र वसन्त चौधरी नियुक्त
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौँ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको प्रतिनिधि र आईसीसीले बनाएको नेपाल क्रिकेट संघ क्यान सल्लाहकार समितिको बैठक काठमाडौँमा सम्पन्न भएको छ । र, बैठकले सल्लाहकार समितिको संयोजक र प्रवक्ता तोकेको छ ।
आईसीसीको एसोसिएट प्रतिनिधि इमरान ख्वाजा र लेखा शाखाका अमर शेखको उपस्थितिमा सोल्टी होटलमा बसेको बैठकले सल्लाहकार समितिको संयोजक गर्ने जिम्मा क्यानको पुर्व अध्यक्ष विनय राज पाण्डे र ब्यबसायी बसन्त चौधरीलाई दिएको छ । त्यस्तै प्रवक्तामा राष्ट्रिय खेलकुद परिसद राखेपको सदस्यसचिब केशब कुमार बिष्टका प्रेस सल्लाहकार रहेका रोहित दाहाललाई तोकेको छ । 
“सल्लाहकार समितिको बैठक सकिएको छ । बैठकले समितिको संयोजक गर्ने जिम्मा मलाई र बसन्त चौधरीलाई दिएको छ,“ बैठकपछि बाह्रखरीसंग कुरा गर्दै विनय राज पाण्डेले भने, “त्यस्तै समितिको प्रवक्तामा रोहित दाहाललाई चयन गरिएको छ ।“ 
यस्तै बैठकमा क्यान विवाद समधान गर्न गठित सल्लाहकार समिति कसरि अगाडी बढ्ने भन्नेबारे छलफल भएको पाण्डेले बताए । अब सल्लाहकार समिति आईसीसीको प्रतिनिधिबिना पनि अघि बढ्ने बताउदै पाण्डेले भने, “यो बैठकबाट हामी कसरि अघि बढ्ने भन्ने बिषयमा छलफल भएको छ । अब हामीले आईसीसीको प्रतिनिधिबिना पनि काम गर्न सक्छौ । अब हामीले आन्तरिक बैठक राखेर अघि बढ्ने छौ ।“ पाण्डेका अनुसार सल्लाहकार समितिको आन्तरिक बैठक अर्को शुक्रबार बस्ने तय भएको छ ।
यसअघि क्यान विवाद सामधानका लागि आईसीसीले सल्लाहकार समिति गठन गरेपनि संयोजक नहुदा समितिले काम गर्न सकेको थिएन । र, समितिको कामबारे समितिमा रहेको सदस्यहरुले अनभिज्ञता जनाएपछि आईसीसीले आफ्ना प्रतिनिधि नेपाल पठाएको थियो ।
आईसीसीले गत बैशाखमा क्यानलाई निलम्बन गरेपछि नेपालको क्रिकेट आईसीसी आफैंले हेर्दै आएको छ । तर, गत भदौमा आईसीसीका कार्यकारी अधिकृत सीईओ डेभिड रिचर्डसन नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइली, राखेपका सदस्यसचिव केशवकुमार विष्ट तथा क्यानका सरोकारवाला पदाधिकारीहरुसँगको छलफलले क्यान विवाद सामधानका लागि राष्ट्रिय क्रिकेट बोर्ड गठन गर्ने र यसका लागि ६ सदस्यीय सल्लाहाकार समिति बनाउने सहमति भएको थियो । 
र, आईसीसीले गत असोजमा खेलकुद मन्त्रालयका सहसचिव चडामणि पौडेल, क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डे, पूर्वकप्तान पवन अग्रवाल, ब्यबसायी बसन्त चौधरी, पूर्वकार्यवहाक अध्यक्ष दिपक कोइराला र राखेपका एक प्रतिनिधि रहने गरि सल्लाहाकार समिति घोषणा गरेको थियो । त्यसबेला आईसीसीले सल्लाहकार समितिको संयोजन गर्ने जिम्मा लेखा शाखा अमर शेखलाई दिएको थियो ।
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३  १३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro