site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिका र इरानबीच प्रत्यक्ष परमाणु वार्ता हुने

 काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच शनिबार परमाणु सम्झौताका लागि प्रत्यक्ष वार्ता हुने सम्भावना छ । 

राष्ट्रपति ट्रम्पले सोमबार अमेरिका र इरानबीच यसबारेमा उच्चस्तरमा छलफल भइरहेको बीबीसीले जनाएको छ । उनले सहमति नभए इरानका लागि त्यो धेरै नराम्रो दिन हुने चेतावनी दिए ।

गत महिना इरानी सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईले प्रत्यक्ष वार्ताको प्रस्ताव खारेज गरेपछि ट्रम्पले सैन्य कारबाहीको चेतावनी दिएका थिए ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग ह्वाइट हाउसमा भेटपछि ट्रम्पले यो वार्ताको बारेमा खुलासा गरे । नेतन्याहूले पनि इरानले परमाणु हतियार बनाएमा इरानमाथि आक्रमणको धम्की दिँदै आएका छन् ।

“हामी शनिबार इरानसँग ठूलो छलफल गर्दै छौँ । प्रत्यक्षरूपमा कुरा गरिरहेका छौँ । सम्झौता हुनसक्छ, जुन राम्रो हुनेछ,” अमेरिकी राष्ट्रपतिले ओभल अफिसमा भने ।

ट्रम्पले वार्ता सफल नभए इरान ठूलो खतरा पर्ने पनि बताए । “इरानसँग परमाणु हतियार हुनै हुँदैन । वार्ता असफल भए यो इरानको लागि निकै नराम्रो दिन हुनेछ,” ट्रम्पले बताए ।
 

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  ०७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro