site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चीनले भन्यो– अमेरिकाको ‘ब्ल्याकमेल’ गर्ने प्रवृत्ति स्वीकार्य छैन 

काठमाडौं । अमेरिकी राष्ट्रपति डेनाल्ड ट्रम्पले चीनविरुद्ध थप ५० प्रतिशत आयात कर लगाउने धम्की दिएपछि चीनले यसलाई ब्ल्याकमेलको संज्ञा दिएको छ । 

चीनको वाणिज्य मन्त्रालयले अमेरिकाको ब्ल्याकमेल गर्ने प्रवृत्ति स्वीकार गर्न नसकिने भन्दै अमेरिकी कदमविरुद्ध अन्तिमसम्म लड्ने बताएको छ । 

यसअघि अमेरिकाले ३४ प्रतिशत आयात कर लगाएपछि चीनले पनि ३४ प्रतिशत जवाफी आयातकर लगाउने घोषणा गरेको थियो । ट्रम्पले चीनले अमेरिकामाथि लगाएको ३४ प्रतिशत आयात कर फिर्ता नगरे मंगलबारदेखि ५० प्रतिशत थप कर लगाउने बताएका थिए । त्यसपछि चीनको वाणिज्य मन्त्रालयको यो भनाइ आएको हो ।

चीनको वाणिज्य मन्त्रालयले राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमाथि थप ५० प्रतिशत आयात कर लगाउने धम्कीलाई एउटा गल्तीमाथि अर्को गल्तीको संज्ञा दिएकाे छ । 

चीनले आयात कर लगाउने अमेरिकाको सबै योजना खारेज गर्न माग गर्दै दुई देशबीचको मतभेद वार्ताबाट समाधान गर्न आग्रह गरेको छ । बीबीसी
 

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  ०७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro