site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली प्रशिक्षक ढुक्क, भन्छन्– बंगलादेशसँग पनि जित निकाल्छौं

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको दोस्रो भुटानविरुद्धको खेलमा नेपालले शानदार जित निकालेको छ । भुटानमाथि जित निकालेपछि नेपाली रााष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले समूह चरणको अन्तिम खेल बंगलादेशमाथि पनि जुनसुकै हालतमा जित निकाल्ने दाबी गरेका हुन् ।

उनले भने, “भुटानविरुद्धको खेलमा हामीले धेरै गोल गर्ने अवसर पायौं तर, ४ गोल मात्रै भए । अब दोस्रो खेल हामी जुनसुकै हालतमा जित्छौं ।” पाकिस्तानसँग अप्रत्याशित २–१ गोल अन्तरको हार व्यहोरेको नेपालले भुटानविरुद्धको खेलमा डिफेन्सिङ खेल्ने लक्ष्य बनाएको महर्जनले बताएका छन् । उनले भुटानविरुद्धको खेलमा आफुहरुले सक्नेजति सबै क्षमता लगाएको बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पहिलो खेलमा पराजित भएपछि नेपालले दोस्रो खेलका लागि नयाँ योजनाका साथ मैदान प्रवेश गरेको थियो । महर्जनले आजको खेलमा स्ट्राइकर, मिडफिल्डर र डिफेन्डर सबैले राम्रो खेलेको बताएका छन् । आफुले टिमको नेतृत्व सम्हालेपछि साफ च्याम्पियनसिपमा फोकस भएको समेत उनले उल्लेख गरे । भुटानविरुद्ध नेपालका अनन्त तामाङले २१ औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १—० गोलले अगाडि रहेको नेपालका लागि सुनिल बलले ७१ औं, भरत खवास ७९ औं र निराजन खड्काले ८८ औं मिनेटमा गोल गर्दै ४—० गोल गर्दै टिमलाई जित दिलाएका थिए । नेपालले सेप्टेम्बर ९ मा बंगलादेशसँग खेल्दैछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०७५  १८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro