काठमाडौं । एसीसी एसिया कप छनोट लिग चरणको अन्तिम खेल हङकङविरुद्ध ब्याटिङ गरिरहेको नेपालमाथि दबाब थपिँदै गएको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले २८ ओभर सकिँदा ७ विकेट गुमाइसकेको छ । भने ६९ रन बनाएको छ ।
सधैँ ब्याटिङमा कमजोर भनिएको नेपालले हङकङविरुद्ध टस जितेर ब्याटिङको निर्णय गरेको थियो । त्यो निर्णय आजका लागि नेपाललाई लाभदायक हुन नसक्ने देखिएको छ ।
ब्याट्सम्यान सुवास खकुरेल, अनिल कुमार शाह, कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल झिनो रनमा आउट भए । माथिल्लो क्रमका ब्याट्सम्यान नचल्दा मध्यक्रम र तल्लो क्रमले धान्ने ब्याटिङ हङकङविरुद्धका खेलमा भने कमजोर भइसकेको छ ।
चल्न नसक्दा नेपाली ब्याटिङ धरमराएको हो । नेपालका ब्याट्सम्यान हङकङका बलरसामू कमजोर देखिएका छन् । नेपालका मध्यक्रममा बलिया देखिने दीपेन्द्रसिंह ऐरी, सागर पुन र सोमपाल कामीले दोहोरो अंक जोड्न सकेनन् । एक दिवसिय मान्यता प्राप्त देशले मलेसियामा देखाएको प्रदर्शनले आगामी दिनमा नेपालले प्रदर्शन सुधार्न नसके झनै चुनौती थप्ने देखिन्छ ।