site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौँ (रासस) । साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको आज साँझ निधन भएको छ । 

लतिलपुरको सुमेरु अस्पतालमा उपचारका क्रममा ६५ वर्षीय यज्ञनिधिको निधन भएको उनका भाइ पुष्पनिधि दाहालले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

मस्तिष्कघात भएपछि यज्ञनिधि उपचारार्थ अस्पताल भर्ना भएका थिए ।  दुई दशकअघि उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । गत बुधबार डायलासिस गर्ने क्रममा बेहोस भएपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरी सघन उपचार कक्षमा राखिएको थियो । 

मस्तिष्कघातका कारण उनी मण्डिखाटारस्थित निवासमा लडेका थिए ।  चिकित्सकले शल्यक्रिया नगरी प्रत्यक्ष निगरानीमा राख्न र नियमित डायलासिस गर्न सल्लाह दिएपछि आज उनलाई थप उपचारका लागि सुमेरु अस्पताल लगिएको थियो । 

Global Ime bank

खोटाङमा जन्मिएका यज्ञनिधिले रेडियो नेपालमा लामो समय ‘साहित्य संसार’ कार्यक्रम सञ्चालन गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०७५  २१:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC