site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ह्याम्स अस्पतालद्वारा ७ खेलाडी सम्मानित
Sarbottam CementSarbottam Cement

काठमाडौं । ह्याम्स हस्पिटलले विभिन्न खेलाडीहरुलाई सम्मान गरेको छ । नेपाली खेलकुदमा विषेश प्रदर्शन गर्ने सात जना खेलाडीलाई हस्पिटलले उपहारसहित सम्मान गरेको हो ।

मण्डिखाटारस्थित हस्पिटलमा एक कार्यक्रमको आयोजना गर्दै हस्पिटलका अध्यक्ष रामशरण भण्डारी, वरिष्ट मुटुरोग विषेशज्ञ डा. भगवान कोइराला, डा. भाष्कर राज पन्त लगायतले सम्मान गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सम्मानित हुने खेलाडीमा एसियाली शारीरिक सुगठनका स्वर्ण विजेता महेब्वर महर्जन, दक्षिण एसियाली उसुका स्वर्ण विजेता राजकुमार रशाइली, भलिबल खेलाडी कमला पुन, साम्बो खेलाडी कृष्णलाल तामाङ लगायतलाई सम्मान गरेको हो । यस्तै मिक्स मार्सल आर्टसका सन्तोष साउद, बक्सिङका म्याक्स बस्नेत र स्क्वासकी भावना सुनुवार पनि सम्मानित भए ।

अत्याधुनिक चिकित्सा प्रविधिका साथ स्थापना भएको ह्याम्स हस्पिटलले खेलकुद चिकित्सा र खेलका दौरान खेलाडीले ब्यहोर्न सक्ने सम्भावित इन्ज्युरीमा विषेश ध्यान राख्ने उद्धेश्य रहेको छ ।

Global Ime bank

कार्यक्रममा हस्पिटलका चिकित्सकहरुले खेलाडीले ब्यहोर्न सक्ने सम्भावित इन्ज्युरी कसरी रोकथाम गर्ने, इन्ज्युरी भएको अवस्थामा पनि त्यसको उपचार पद्धती र प्राथमिक उपचारको विषयमा धारणा राखेका थिए ।
खेलकुद स्वास्थका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा वरिष्ठ चिकित्सक प्रोफेसर डा भगवान कोइरालाले आफु पनि सामान्य खेलाडी भएकाले खेलकुदमा विषेश रुची रहेको प्रतिक्रिया दिए । हस्पिटलले खेलकुद स्वास्थमा खेलाडीलाई विषेश प्राथमिकता दिने बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ५, २०७५  २१:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC