site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
यी नेपाली च्यानलमा हेर्न मिल्छ विश्वकप
Sarbottam CementSarbottam Cement

काठमाडौं । मिडिया कारोबार एजेन्सी मिडिया हबको साझेदारीमा चार ओटा नेपाली च्यानलमा फिफा विश्व कप म्याच प्रत्यक्ष प्रसारण हुने भएको छ । मिडिया हबले यो सुबिधा “राम्रो नै हेरौ, हाम्रो मै हेरौ” भन्ने नाराको साथ प्रदान गरेको जनाएको छ ।

मिडिया हबका अनुसार नेपाल टेलिभिजन, कान्तिपुर एचडी, डिसहोम एक्सन स्पोर्टस् र एनटीभी प्लसमा विश्वकपका खेल प्रत्यक्ष प्रसारण हुनेछन् । नेपालको सबै भन्दा पुरानो तथा ठूलो मिडिया कारोबार एजेन्सी मिडिया हब फिफा विश्वकप २०१८ को नेपालका लागि एक मात्र आधिकारीक टेलिभिजन प्रशारण साझेदार हो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालमा आधिकारीक इजाजत प्राप्त मिडिया हबले सधैं फिफा विश्वकपलाई नेपाली च्यानलमा ल्याउन योगदान दिँदै आएको छ । यो वर्षको विशेषता भने कान्तिपुर एचडी र डिसहोम एक्सन स्पोर्टस्मा एचडी क्वालिटिको प्रसारण हुने मिडिया हबको दावी छ ।

यो प्रसारणलार्इ अर्घाखाँची सिमेन्टले प्रस्तुत गरेको छ भने बजाज पल्सर एनएस २००, कोका कोला र राईनो ५०० डी साथमा रहेका छन् । साथै, क्लियर, रेनो क्याप्चर, डिसहोम, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, जुपिटर क्लासिकले साझेदारी गरेका छन् भने प्रसारणको समर्थन हिमस्टार एलईडी बल्ब, एनआईसी एसिया बैंक, सर्भो लुब्रिकेन्टस् र एसियन पेन्टस्को रहेको छ  ।

Global Ime bank

लामो समय देखि फिफा विश्वकपको नेपालमा आधिकारीक इजाजत प्राप्त संस्था बन्न सकेकोमा खुशी व्यक्त गर्दै मिडिया हबका कार्यकारी निर्देशक सोम धितालले विदेशी च्यानलमा विश्वकप हेर्न निर्भर हुनुपर्ने समय अब अन्त्य भएको बताए । यसले नेपाली च्यानलहरुमा मात्र सीमित दर्शकलाई पनि सुविधा दिने उनको दावी छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०७५  १३:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC