site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
उपराष्ट्रपति गेम्समा ३ नम्बर प्रदेश च्याम्पियन
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रथम उपराष्ट्रपति चिल्ड्रेन गेम्समा ३ नम्बर प्रदेश समग्रमा टिम च्याम्पियन बनेको छ । प्रतियोगितामा १४ स्वर्ण, ५ रजत र १० कांस्य जित्दै ३ नम्बर प्रदेश च्याम्पियन बनेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा प्रदेश ४ ले दोस्रो स्थान हात पार्यो । प्रदेश ४ ले ५ स्वर्ण, ९ रजत र २ कांस्य जित्यो । तेस्रो भएको प्रदेश ५ ले ४ स्वर्ण, ८ रजत र ९ कांस्य हात पार्यो ।

एथलेटिक्स, कराते, तेक्वान्दो र उसु गरी ४ खेल समावेश प्रतियोगितामा एथलेटिक्स बाहेक प्रदेश ३ बाँकी तीनै खेलमा टिम च्याम्पियन बनेको थियो । एथलेटिक्समा भने प्रदेश ५ अगाडि रह्यो । प्रदेश ५ ले ४ स्वर्ण, २ रजत र ५ कांस्य जित्दै प्रदेश तीनलाई ४ खेल समावेश प्रतियोगिताको उपाधि क्लिन स्विप गर्नबाट रोक्यो । प्रदेश ३ ले एथलेटिक्समा भने कुनै स्वर्ण जितेन । प्रदेश ३ ले तेक्वान्दोमा ४ स्वर्ण, १ रजत र ४ कांस्य, करातेमा ६ स्वर्ण र ३ रजत तथा उसुमा ४ स्वर्ण, ३ रजत र ३ कांस्य जित्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

एथलेटिक्सतर्फ ब्वाइज २ सय मिटर दौडमा प्रदेश २ का अमर यादव पहिलो भए । उनले निर्धा्रित दूरी २४.१८ सेकेन्डमा पूरा गरे । सोही स्पर्धाको गल्र्समा प्रदेश ५ की प्रशान्ती थारुले शीर्ष स्थान हात पार्न २८.९५ सेकेन्डमा दूरी तय गरिन् । ब्वाइज र गल्र्सको १ सय मिटरमा पहिलो भएका क्रमशः राहुल गुरुङ र रिया थापाले २ सय मिटरमा भने दोस्रो स्थानमा चित्त बुझाए । राहुल र रिया दुवै प्रदेश ४ का हुन् ।

लङजम्पको ब्वाइजमा प्रदेश ५ कृष्ण घिमिरे पहिलो भए । उनले ५.५९ मिटर जम्प गरे । त्यसै स्पर्धाको गल्र्समा ४.४९ जम्प गर्दै प्रदेश २ की अनुषा राउतले स्वर्ण चुमिन् । कृष्ण र अनुषाले ट्रिपलजम्पमा पनि स्वर्ण जितेका थिए ।  सटपुटको ब्वाइजमा प्रदेश १ का तुलसीराम थारु तथा गल्र्समा प्रदेश ४ की सुशीला श्रेष्ठले स्वर्ण हात पारे । तुलसीले १२.९३ मिटर तथा सुशीलाले ७.८४ मिटर टाढा फाले ।

Global Ime bank

करातेतर्फ ब्वाइज एकल कातामा प्रदेश १ का सूर्यचन्द्र राईले स्वर्ण जिते । उनले प्रदेश ४ का प्रिन्स गुरुङलाई पराजित गरे । सोही स्पर्धाको गल्र्समा प्रदेश ३ की सन्जु देशारले प्रदेश ५ की अनिता पुनलाई हराउदै पहिलो भइन् ।

ब्वाइज ३० केजीमा प्रदेश ३ का सुशील परियार पहिलो भए । उनले फाइनलमा प्रदेश ४ का रुपेश तामाङलाई पाखा लगाए । ३४ केजीमा प्रदेश ३ सुशान्त हुमागाईंले प्रदेश ४ का विपिन पुन तथा ३८ केजीमा प्रदेश ४ का भाष्कर पुनले प्रदेश १ का अतिम राईलाई फाइनलमा पन्छ्याउदै पहिलो स्थान हात पारे ।

गल्र्सको ३० केजीमा प्रदेश ३ की एन्जिला राईले प्रदेश ५ की श्रृष्टि गुरुङ, ३४ केजीमा प्रदेश ३ की सन्जु देशारले प्रदेश ५ की अनिता विक तथा ३८ केजीमा प्रदेश ३ की मिना ब्लोनले प्रदेश ५ की अनिता पुनलाई पाखा लगाउदै पहिलो भए ।

तेक्वान्दोको ब्वाइज ४१ केजीमुनि प्रदेश ६ का सुशील बर्ला पहिलो भए । उनले फाइनलमा प्रदेश ४ का लेखनाथ कुर्मीको चुनौती समाप्त पारे । एकल पुम्सेमा प्रदेश ३ का विवेक श्रेष्ठले प्रदेश १ का सोहन कार्कीलाई पछि पार्दै स्वर्ण चुमे ।

गल्र्सको ३३ केजीमुनि प्रदेश ३ की निमा खत्रीले प्रदेश १ की ममता माझी तथा ३७ केजीमुनि प्रदेश ७ की प्रकृति पालीले प्रदेश ३ की लक्ष्मी सुनाखरी मगरलाई निराश पार्दै शीर्ष स्थान कब्जा गरे । लक्ष्मी पुम्सेमा भने स्वर्ण जित्न सफल भइन् । लक्ष्मीले प्रदेश ५ की आशा विकलाई हराइन् ।

उसुको छाङ छ्वानको ब्वाइजमा प्रदेश ३ का अरुण तामाङ र गल्र्समा प्रदेश ३ की सारा तामाङ, नान् छ्वानको ब्वाइजमा प्रदेश १ का एलिस मरिक र गल्र्समा प्रदेश ७ दीक्षा साउद तथा थाइची छ्वानको ब्वाइजमा प्रदेश ३ का विवेक मण्डल र गल्र्समा प्रदेश ३ कै मारिया राई पहिलो बने ।

चारै खेलको प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार प्राप्त गरे । दुईदिने प्रतियोगितामा ७ प्रदेशबाट ४६ का दरले ३ सय २२ खेलाडी सहभागी थिए । विजेता खेलाडीलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राखेपका सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०७५  १८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC