site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एनसेल मेला २०७४ सम्पन्न
Sarbottam CementSarbottam Cement

काठमाडौं । एनसेल प्रा.लि.ले आयोजना गरेको एनसेल मेला २०७४ शनिवार जाउलाखेल, ललितपुरमा आयोजनापछि बिट मारेको छ । ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हुँदै खुसियाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन÷फोरजीको अनुभव प्रदान गर्न,  कम्पनीले पोखरा, विराटनगर र ललितपुरमा एनसेल मेला आयोजना गरेको हो ।

तीनै शहरहरुमा हजारौको संख्यामा दर्शक तथा आगन्तुकहरुले सहभागिता जनाई गीत(संगीत, फोरजी थिममा आधारित खेलहरु लगायत विविध क्रियाकलावहरुबाट भरपुर मनोरञ्जन लिएका छन् । एनसेल मेला पुष ८ गते पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा, पुष १५ गते विराटनगरको हाटखोलामा र पुष २९ गते ललितपुरको जावलाखेल फुटबल मैदानमा आयोजना गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

मेलामा आगन्तुकहरुको भरपुर मनोरञ्जनका लागि प्रख्यात कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुति, फोरजी थिममा आधारित विभिन्न गेमहरु, किड्स जोन, जादु र फुड स्टलहरु लगायत विविध रोचक क्रियाकलापहरु समावेश गरिएका थिए ।

मेलाको मुख्य आकर्षण कन्सर्ट रहेको थियो । मेलामा कलाकारहरु जस्तै शिव परियार, इन्दिरा जोशी,  आषिश राना (लाउरे), अनि सांगीतिक समुहहरुमा कबवेभ र द एज ब्याण्डले आफ्नो प्रस्तुतिहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । दर्शकहरुले उनीहरुको प्रस्तुतिसँगै नाच्दै झुमेका थिए । रोडिज्का विजेता समन श्रेष्ठ र उपविजेता अनिमेश शाहीको सहभागिताले मेलामा आकर्षण थपिएको थियो ।

Global Ime bank

“एनसेल मेला २०७४ मा उत्साहजनक रुपमा सहभागी भई मेलालाई सफल बनाउनु भएकोमा हामी हाम्रा सबै ग्राहक तथा शुभचिन्तकहरु प्रति आभारी छौं,” एनसेलका कर्पोरेट सर्भिसेज् निर्देशक प्रणय आचार्यले भने । “जुन उत्सुकताका साथ मेलामा आगन्तुकहरुले देशको २१ शहरहरुमा पुगिसकेको एनसेलको फोरजी सेवाको परिक्षण तथा अनुभव लिनु भयो यसले हामीलाई थप उर्जा दिएको छ । डिजिटल नेपालको भिजनमा योगदान पुर्याउदै अझ धेरै नेपालीहरुलाई मोवाइल ब्रोडब्याण्डले ल्याउने  अवसरहरुसँग जोड्न एनसेल प्रतिवद्घ छ ।”

मेलामा आउने सबै उमेर समुहका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखि विभिन्न कार्यक्रमहरु समावेश गरिएका थिए । बालबालिकाले ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आकर्षणको मजा लिएको एनसेलले जनाएको छ ।

मेलामा आगन्तुकहरुले फोरजी थिममा आधारित विभिन्न आकर्षण गेमहरु जस्तै पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रग जम्प र कार रेस खेलेर मनोरञ्जन लिएका  थिए । त्यसैगरी मेलामा अन्य गेमहरु फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेमहरु पनि रहेका थिए । आगन्तुकहरुले विभिन्न गेम स्टलहरुमा पुरस्कारहरु पनि जित्न सफल भएका थिए ।

एनसेल मेला २०७४ पुष २२ गते बुटबलमा पनि आयोजना गर्ने कार्यक्रम रहेको थियो । यद्यपि विषेश परिस्थितीका कारण कम्पनीले सो कार्यक्रम रद्द गर्नुपरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २९, २०७४  १९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC